एसिया कप : बंगलादेशविरुद्ध ब्याटिङ गर्दै नेपाल « Khabarhub

एसिया कप : बंगलादेशविरुद्ध ब्याटिङ गर्दै नेपाल


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा नेपालले बंगलादेशविरुद्ध सुरुमा ब्याटिङ गर्दैछ। टस जितेर बंगलादेशले फिल्ड रोजेपछि नेपालले सुरुमा ब्याटिङ गर्न लागेको हो।

पहिलो खेलमा श्रीलंकासँग ८ विकेटले पराजित भएको नेपालमाथि आजको खेल जित्नैपर्ने दबाब छ। नेपाल र बंगलादेशको खेल दुबईमा सुरु हुँदैछ।

यसअघि शनिबार दुबईको द सेभेन्स रङ्गशाला भएको पहिलो खेलमा नेपाल आठ विकेटले पराजित भएको हो। जितको लागि दिएको ८३ रनको लक्ष्य श्रीलंकाले १४ दशमलव ५ ओभरमा दुई विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो।

टस हारेर पहिले ब्याटिङ गरेको नेपाल २८।५ ओभरमा सबै विकेट गुमाउँदै ८२ रनमा समेटिएको थियो।

प्रतियोगितामा नेपाल समूह ‘बी’ मा छ। मङ्सिर २६ गतेदेखि सुरू भएको उक्त प्रतियोगितामा नेपालसहित बंगलादेश, श्रीलंका, अफगानिस्तान, भारत, पाकिस्तान, युएई र मलेसिया सहभागी छन्।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  १० : ५३ बजे

देवघाटको झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालनमा रोक

तनहुँ – तनहुँको देवघाट गाउँपालिका–५ र भरतपुर महानगरपालिका जोड्ने त्रिशुली

एमाले महाधिवेशनमा ओलीलाई ईश्वरको चुनौती, नेतृत्वका लागि आज मतदान

काठमाडौं – नेकपा (एमाले) ११ औँ राष्ट्रिय महाधिवेशनमा आज नयाँ

निर्वाचन ७९ दिन बाँकीः समानुपातिकतर्फ १४ राजनीतिक दल सहभागी नहुने

काठमाडौं – नेपालको संविधानले मिश्रित निर्वाचन प्रणाली अङ्गीकार गरेको छ

अमेरिकी डलर अहिलेसम्मकै उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस १ गते मंगलबार तदनुसार