केपी ओलीले महासचिवमा शंकरलाई नै निरन्तरता दिने, अरू नेता असन्तुष्ट « Khabarhub

केपी ओलीले महासचिवमा शंकरलाई नै निरन्तरता दिने, अरू नेता असन्तुष्ट


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


711
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनका लागि अध्यक्ष केपी शर्मा ओली समूहले पुरानै महासचिव शंकर पोखरेललाई दोहोर्‍याउने निर्णय गरेको छ।

अध्यक्ष ओलीले दुई दिनदेखि गुण्डुमा चलेको गुट बैठकबाट पोखरेललाई नै महासचिवमा दोहोर्‍याउने निर्णय गरेका हुन् ।

तर शंकरलाई महासचिवमा प्रस्ताव गरिएपछि अर्का दाबेदार उपमहासचिव प्रदीप ज्ञवालीले भने बैठक नै छाडेर हिँडेका छन् ।

उनी र पृथ्बी सुब्बा गुरुङले महासचिवमा दाबी गरेका थिए। तर ओलीले शंकरलाई नै निरन्तरता दिने भएपछि ज्ञवालीले आफू अब कुनै पदमा उम्मेदवारी नदिने निर्णय सुनाउँदै गुण्डुबाट बाहिरिएका हुन् ।

तर ओलीले उनलाई मंगलबारसम्म मनाएर उपाध्यक्षमा उठाउने तयारी गरेका छन् । उता पृथ्बी सुब्बालाई पनि उपाध्यक्षमा लाने तयारी ओलीको छ।

पोखरालाई महासचिवमा रोक्ने पक्षमा ज्ञवाली र उपाध्यक्ष विष्णु पौडेल थिए । त्यसमा पृथ्वी सुब्बाको पनि साथ थियो । तर ओलीले शंकरलाई नै महासचिवमा अगाडि सार्ने निश्चित भएपछि विवाद झन् बढेको छ।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  ११ : ३४ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको