पुस महिनाका लागि वाणिज्य बैंकहरूको ब्याजदर घट्यो « Khabarhub

पुस महिनाका लागि वाणिज्य बैंकहरूको ब्याजदर घट्यो


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्षको पुस महिना लागि वाणिज्य अधिकांश बैंकहरूले व्यक्तिगत मुद्दतीतर्फको ब्याजदरमा कटौती गरेका छन् भने केही बैंकले संस्थागत मुद्दतीतर्फको ब्याजदर पनि कटौती गरेका छन् । 

ब्याजदर कटौतीसँगै मंसिर महिनाको तुलनामा पुस महिनाका लागि २० वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दतीतर्फको औसत ब्याजदर ०.२७ प्रतिशतले घटेको छ भने संस्थागत निक्षेपको औसत ब्याजदरमा ०.२१ प्रतिशतको कमी आएको छ ।

पुस महिनाका लागि १४ वटा वाणिज्य बैंकले व्यक्तिगत मुद्दतीतर्फको ब्याजदर घटाएका छन् भने ७ वटा बैंकले संस्थागत मुद्दतीतर्फको ब्याजदर घटाएका छन् । मंसिर महिनामा वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दतीतर्फ औसत ब्याजदर ५.०३ र संस्थागततर्फ ३.५८ प्रतिशत रहेको थियो । ब्याजदर कटौतीसँगै पुस महिनाका लागि व्यक्तिगत मुद्दतीतर्फ ४.७६ र संस्थागततर्फ ३.३७ प्रतिशत औसत ब्याजदर कायम हुने भएको छ ।

पुस महिनाका लागि ब्याजदर घटाउनेमा हिमालयन बैंक सबैभन्दा अघि देखिएको छ, हिमालयनले व्यक्तिगततर्फ १.५० र संस्थागततर्फ १.४५ प्रतिशतले ब्याजदरमा कटौती गरेको छ ।

अन्य बैंकहरूमध्ये व्यक्तिगत मुद्दतीतर्फ राष्ट्रिय वाणिज्य, ग्लोबल आईएमई र प्राइमले ०.५०, प्रभुले ०.४०, एभरेष्ट, नेपाल एसबिआई, लक्ष्मी सनराइज र सानिमा ०.२५ प्रतिशतले ब्याजदर कटौती गरेका छन् । त्यस्तै, कुमारीले ०.३८, नबिलले ०.२०, नेपाल बैंक र कृषि विकासले ०.१५ प्रतिशत व्यक्तिगत मुद्दतीतर्फ ब्याजदर कटौती गरेका छन् ।

पुस महिनाका लागि स्ट्याण्डर्ड चार्टर्ड बैंकले पनि व्यक्तिगत निक्षेपको ब्याजदरमा ०.१० प्रतिशतले कटौती गरेको छ । त्यस्तै, संस्थागततर्फ एभरेष्ट, कुमारी, नेपाल एसबिआई, लक्ष्मी सनराइज, ग्लोबल आईएमई, हिमालयन र नबिल बैंकले संस्थागत मुद्दतीतर्फ मंसिर महिनाको तुलनामा पुस महिनाका लागि ब्याजदर कटौती गरेका छन् । 

यद्यपि, केही बैंकहरूले भने मंसिर महिनाको तुलनमा पुस महिनाका लागि ब्याजदर स्थिर राखेका छन् । माछापुच्छ्रे, एनएमबी, सिटिजन्स, सिद्धार्थ, एनआइएएमबी र एनआईसी एसिया बैंकले पुस महिनाका लागि व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती दुवैतर्फ ब्याजदर स्थिर राखेका छन् ।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  १२ : २० बजे

एमाले महाधिवेशन : सुरु भयो मतदान

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि

बुटवलमा औद्योगिक प्रदर्शनी बुधबारदेखि, तयारी पूरा

लुम्बिनी– रुपन्देहीमा हुने १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ– माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन गरिएको

‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’

काठमाडौं– नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको तथा

भीरबाट लडेर एक वृद्धाको मृत्यु

बैतडी– स्याउला काट्न गएकी बैतडीकी एक वृद्धाको भिरबाट लडेर मृत्यु