एमालेको महाधिवेशन : निर्वाचन कार्यक्रम पछाडि धकेलियो « Khabarhub

एमालेको महाधिवेशन : निर्वाचन कार्यक्रम पछाडि धकेलियो


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) एकीकृत समाजवादीले आफ्नो एघारौँ राष्ट्रिय महाधिवेशनअन्तर्गतको निर्वाचन कार्यक्रम संशोधन गरेको छ। पार्टी केन्द्रीय निर्वाचन आयोगले संशोधित निर्वाचन तालिका सार्वजनिक गरेको हो।

आयोगका अनुसार महाधिवेशनबाट निर्वाचित हुने केन्द्रीय समिति, केन्द्रीय अनुशासन आयोग र केन्द्रीय लेखा आयोगका पदाधिकारी तथा सदस्यहरूको निर्वाचनका लागि यसअघि सार्वजनिक कार्यक्रम परिमार्जन गरिएको हो।

संशोधित कार्यक्रमअनुसार उम्मेदवारको दरखास्त फाराम वितरण र दर्ता गर्ने आज अन्तिम दिन हो । 

आज प्रारम्भिक नामावली प्रकाशन, उजुरी दर्ता र उजुरीमाथि छानबिन तथा निर्णयको कार्यतालिका तय गरिएको छ। उम्मेदवारको नाम फिर्ता लिने समय दिउँसो ५ बजेसम्म तोकिएको छ भने अन्तिम नामावली बेलुका ६:३० बजे प्रकाशन गरिनेछ।

मतदान भने २०८२ पुस १ गते बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म हुने आयोगले जनाएको छ। मतदान सकिएपछि मतगणना, नतिजा घोषणा, प्रमाणपत्र प्रदान र शपथ ग्रहण कार्यक्रम निर्वाचन समितिले तोकेअनुसार सम्पन्न गरिनेछ।

केन्द्रीय निर्वाचन आयोगका सचिव डा. कनाइ लामाले जारी गरेको सूचनामा आवश्यक परे निर्वाचन कार्यक्रम फेरबदल हुन सक्ने उल्लेख गरिएको छ।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  २ : ०० बजे

निर्णायक घडीमा प्रदीप ज्ञवालीको अपिल : ओली नेतृत्वको टोलीलाई जिताऔँ

काठमाडौं– नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमा

शुक्लाफाँटाको बन्साहमा बहुलाहा कुकुरको आतङ्क

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ बन्साहमा दुई दिनदेखि बहुलाहा कुकुरको आतङ्क

स्थानीयको पहलले भोजपुरमा ‘पेमा छ्योलिङ गुम्बा’ निर्माण

भोजपुर– स्थानीयवासीको पहल, श्रम र आर्थिक सहयोगबाट भोजपुर सदरमुकाम नजिकैको

विदेशमा अध्ययनका लागि बाहिरियो ४२ अर्ब ९६ करोड रुपैयाँ

काठमाडौं– देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा भए पनि

जर्मनीको अनलाइन बैङ्क एनमाथि प्रतिबन्ध

फ्र्याङ्कफर्ट – जर्मनीका वित्तीय नियामकले अनलाइन बैङ्क एन–२६ माथि नयाँ