एमालेको महाधिवेशन : निर्वाचन कार्यक्रम पछाडि धकेलियो « Khabarhub

एमालेको महाधिवेशन : निर्वाचन कार्यक्रम पछाडि धकेलियो


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) एकीकृत समाजवादीले आफ्नो एघारौँ राष्ट्रिय महाधिवेशनअन्तर्गतको निर्वाचन कार्यक्रम संशोधन गरेको छ। पार्टी केन्द्रीय निर्वाचन आयोगले संशोधित निर्वाचन तालिका सार्वजनिक गरेको हो।

आयोगका अनुसार महाधिवेशनबाट निर्वाचित हुने केन्द्रीय समिति, केन्द्रीय अनुशासन आयोग र केन्द्रीय लेखा आयोगका पदाधिकारी तथा सदस्यहरूको निर्वाचनका लागि यसअघि सार्वजनिक कार्यक्रम परिमार्जन गरिएको हो।

संशोधित कार्यक्रमअनुसार उम्मेदवारको दरखास्त फाराम वितरण र दर्ता गर्ने आज अन्तिम दिन हो । 

आज प्रारम्भिक नामावली प्रकाशन, उजुरी दर्ता र उजुरीमाथि छानबिन तथा निर्णयको कार्यतालिका तय गरिएको छ। उम्मेदवारको नाम फिर्ता लिने समय दिउँसो ५ बजेसम्म तोकिएको छ भने अन्तिम नामावली बेलुका ६:३० बजे प्रकाशन गरिनेछ।

मतदान भने २०८२ पुस १ गते बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म हुने आयोगले जनाएको छ। मतदान सकिएपछि मतगणना, नतिजा घोषणा, प्रमाणपत्र प्रदान र शपथ ग्रहण कार्यक्रम निर्वाचन समितिले तोकेअनुसार सम्पन्न गरिनेछ।

केन्द्रीय निर्वाचन आयोगका सचिव डा. कनाइ लामाले जारी गरेको सूचनामा आवश्यक परे निर्वाचन कार्यक्रम फेरबदल हुन सक्ने उल्लेख गरिएको छ।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  २ : ०० बजे

रोजगारी मेलाबाट झापामा दुई सय ८५ जनाले पाए जागिर

सुरुङ्गा– अर्जुनधारा नगरपालिका र बिर्तामोड नगरपालिकाले सञ्चालन गरेका रोजगारी मेलाबाट

युद्धविरामका बीच लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी– लेबनानको दक्षिणी क्षेत्रमा शनिबार भएको ताजा इजरायली आक्रमणमा पाँच

रास्वपाको प्रतिनिधि सङ्ख्या चार हजारभन्दा बढी

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन प्रतिनिधि चार हजार २००

पानीको मुहान, धारा, इनार सफा गरेर नेवार समुदायले मनाए सिथि नखः पर्व (तस्बिरहरू)

काठमाडौँ– नेवार समुदायको धेरै चाडपर्वमध्येको एक हो, सिथि नखः पर्व

रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने

काठमाण्डौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा भोलि (आइतबार) देखि