महासचिवमा उम्मेदवारी दिएपछि सुरेन्द्र पाण्डे भन्छन् : दबाब होइन, विश्वासले निर्णय लिँदैछ « Khabarhub

महासचिवमा उम्मेदवारी दिएपछि सुरेन्द्र पाण्डे भन्छन् : दबाब होइन, विश्वासले निर्णय लिँदैछ


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनमा महासचिव पदका उम्मेदवार सुरेन्द्र पाण्डेले पार्टीभित्र लोकतान्त्रिक अभ्यास सशक्त सन्देश दिएको बताएका छन्।

महाधिवेशनस्थलको वातावरणप्रति सन्तुष्टि व्यक्त गर्दै पाण्डेले चुनावी प्रक्रियाले पार्टीको माहोल नै परिवर्तन गरिदिएको उल्लेख गरे।

अहिले एमालेभित्र खुला छलफल भइरहेको छ, फरक मतहरू आत्मविश्वासका साथ व्यक्त भइरहेका उनले बताए । कार्यकर्तामा देखिएको उत्साहले पार्टी जीवित रहँदै जागेको प्रमाणित गर्ने उनले बताए।

‘यहाँ डर होइन, विवेकले बोलिरहेको छ। दबाब होइन, विश्वासले निर्णय लिँदैछ,’ पाण्डेले भने।

उनले यो अवस्था कुनै एक व्यक्ति पक्ष वा विपक्षमा उभिने क्षण नभई पार्टीको सामूहिक भविष्यप्रतिको जिम्मेवारीसँग जोडिएको क्षण भएको स्पष्ट पारे।

पाण्डेले हजारौँ कार्यकर्ताको स्वविवेकबाट बनेको यही वातावरण नै एमालेको वास्तविक शक्ति भएको उल्लेख गर्दै यस किसिमको लोकतान्त्रिक मूल्यलाई जोगाएर अघि बढ्नुपर्नेमा जोड दिए।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  ४ : ०६ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको