फास्ट एन्ड फ्युरियस-११ मा क्रिस्टियानो रोनाल्डो डेब्यू सम्भावना कति ?  « Khabarhub

फास्ट एन्ड फ्युरियस-११ मा क्रिस्टियानो रोनाल्डो डेब्यू सम्भावना कति ? 


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वप्रसिद्ध फुटबल स्टार क्रिस्टियानो रोनाल्डो हलिउडको चर्चित एक्सन फिल्म फ्रान्चाइज फास्ट एन्ड फ्युरियसको आगामी सिक्वेलमा देखिन सक्ने चर्चा चुलिएको छ ।

फिल्मका मुख्य अभिनेता तथा निर्माता विन डिजेलले आफ्नो सामाजिक सञ्जाल इन्स्टाग्राममा रोनाल्डोसँगको तस्बिर सार्वजनिक गर्दै उनको सम्भावित हलिउड डेब्यूबारे संकेत गरेका हुन्। उक्त पोस्टमा डिजेलले रोनाल्डोका लागि विशेष भूमिका तयार गरिएको बताएका छन् ।

डिजेलले क्याप्सनमा लेखेका छन्, ‘सबैले सोधिरहेका छन्—के उनी फास्ट मिथोलोजीमा देखिनेछन् ? हामीले उनको लागि एउटा भूमिका लेखेका छौँ ।’ यसपछि रोनाल्डो फिल्ममा देखिने सम्भावनाबारे फ्यानहरूबीच चासो बढेको छ। यद्यपि, फास्ट एन्ड फ्युरियस ११ मा आफ्नो सहभागिताबारे रोनाल्डोले अहिलेसम्म आधिकारिक पुष्टि भने गरेका छैनन् ।

यसैबीच, अभिनेता विन डिजेलले एक अन्तर्वार्तामा दिवंगत अभिनेता पल वाकरको चर्चित चरित्र ब्रायन ओ’कोनर आगामी फिल्मको कथामा पुनः देखिन सक्ने संकेत दिएका छन् । 

अभिनेता पल वाकरको सन् २०१३ नोभेम्बर ३० मा कार दुर्घटनामा निधन भएको थियो। उनी त्यस समयमा फास्ट एन्ड फ्युरियस ७ को छायांकनमा संलग्न थिए । 

फिल्म फास्ट एन्ड फ्युरियस ११ सन् २०२७ को अप्रिलमा रिलिज हुने तयारीमा छ । यसै बिच फ्यानहरूमा उत्साह बढेको छ ।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  ४ : ४१ बजे

दुई फरार कैदीबन्दी पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत भदौ २३ र

स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ

काठमाडौं– नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको

एकता सन्देश सभामा सहभागी हुन पार्टी मातहतका कमिटीलाई आह्वान

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा हुने

एसिया कप : सेमिफाइनका दुई खेल आज हुँदै

काठमाडौं – दुवईमा जारी यू-१९ एसिया कपको सेमिफाइनलका दुई खेल

निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित