यु–१९ एसिया कप : बङ्गलादेशसँग नेपाल पराजित « Khabarhub

यु–१९ एसिया कप : बङ्गलादेशसँग नेपाल पराजित


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ । बङ्गलादेशले नेपाललाई सात विकेटले हराएको हो । 

युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईस्थित द सेभेन्स रङ्शालामा बङ्गलादेशले टस जितेर पहिला फिल्डिङ रोजेको हो । नेपालले ब्याटिङ गर्ने क्रममा निर्धारित ५० ओभरको खेलमा ३१ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय ३० रन बनायो ।

एक सय ३१ रनको विजयी लक्ष्य बङ्गलादेशले २४ दशमलव ५ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्‍यो  । बङ्गलादेशका लागि जावाद अब्रारले ६८ बलमा सात चौका र तीन छक्काको मद्दतमा अविजित ७० रन बनाए । यस्तै कलाम सिद्दिकीले ६६ बलमा ३४ रन बनाए ।

बलिङतर्फ नेपालका लागि अभिशेख तिवारी र युवराज खत्रीले समान एक एक विकेट लिए । त्यसअघि नेपालले ब्याटिङ गर्ने क्रममा निर्धारित ५० ओभरको खेलमा ३१ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय ३० रन बनायो । नेपालका लागि अभिषेक तिवारीले सर्वाधिक ३० रन बनाए । 

त्यस्तै आशिष लुहारले २३ तथा साहिल पटेलले १८ रनको योगदान दिए । बलिङतर्फ बङ्गलादेशका लागि एमडी सोबुजले तीन तथा साद इस्लाम, अजिजुल हाकिम र शाह्रियर अहमदले दुई दुई विकेट लिए । 

नेपाल यसअघि आफ्नो पहिलो खेलमा यही मङ्सिर २७ गते टेष्ट राष्ट्र श्रीलङ्कासँग आठ विकेटले पराजित भएको थियो । 

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  ४ : ३४ बजे

दुई फरार कैदीबन्दी पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत भदौ २३ र

स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ

काठमाडौं– नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको

एकता सन्देश सभामा सहभागी हुन पार्टी मातहतका कमिटीलाई आह्वान

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा हुने

एसिया कप : सेमिफाइनका दुई खेल आज हुँदै

काठमाडौं – दुवईमा जारी यू-१९ एसिया कपको सेमिफाइनलका दुई खेल

निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित