एमाले महाधिवेशनमा ओलीलाई ईश्वरको चुनौती, नेतृत्वका लागि आज मतदान « Khabarhub

एमाले महाधिवेशनमा ओलीलाई ईश्वरको चुनौती, नेतृत्वका लागि आज मतदान


१ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


561
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले) ११ औँ राष्ट्रिय महाधिवेशनमा आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । एमाले महाधिवेशन केन्द्रीय निर्वाचन आयोगका अनुसार मतदान बन्दसत्र स्थल भृकुटीमण्डपमा मंगलबार दिउँसो १ बजे सुरु हुनेछ। निर्वाचनको अवधि साँझ ७ बजेसम्म तोकिएको छ।

यो महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानल बनाएर भिड्दैछन्। आयोगले सार्वजनिक गरेको उम्मेदवारको प्रारम्भिक नामावलीअनुसार अध्यक्ष पदमा ओली र पोखरेल प्यानल बनाएरै भिड्न लागेका हुन्।

आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार मतदानमा विद्युतीय मेसिनको प्रयोग हुनेछ। ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग हुने उनको भनाइ छ। एक जना मतदाताले मतदान गर्न करिब २५ देखि ३० मिनेट समय लाग्ने अनुमान गरिएको छ। महाधिवेशनमा कुल दुई हजार २६३ प्रतिनिधि सहभागी छन्।

पार्टीको केन्द्रीय निर्वाचन आयोगले प्रारम्भिक नामावली प्रकाशन गरेको छ । प्रकाशित नामावलीअनुसार एक अध्यक्ष पदमा वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र वर्तमान अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन्। अन्य पदाधिकारी तथा सदस्यमा उनीहरूको समूह र स्वतन्त्र रूपमा पनि उम्मेदवारी परेको छ ।

पार्टीको संशोधित विधानअनुसारा पाँच उपाध्यक्ष पदमा अरुण नेपाल, गुरुप्रसाद बराल, गोकर्णराज विष्ट परशुराम मेघी गुरुङ पुथ्वीसुब्बा गुरुङ, भीमप्रसाद आचार्य, रघुजी पन्त, रामबहादुर थापा ‘बादल’ डा विन्दा पाण्डे र विष्णुप्रसाद पौडेल गरी ११ जनाको उम्मेदवारी परेको छ । एक महासचिवका लागि शङ्कर पोखरेल र सुरेन्द्रप्रसाद पाण्डेले उम्मेदवारी दिएका छन्।

यस्तै, तीन उपमहासचिव पदमा आनन्दप्रसाद पोखरेल, योगेश भट्टराई, रघुवीर महासेठ राजेन्द्रप्रसाद गौतम, लेखराज भट्ट र विष्णुप्रसाद रिमालले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी नौ सचिव पदमा २० जनाको उम्मेदवारी परेको छ । विभिन्न भूगोल र क्षेत्रमा गरी केन्द्रीय सदस्यमा करिब एक हजारभन्दा बढीको उम्मेदवारी परेको छ ।

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  ६ : १८ बजे

योजना आयोगका नवनियुक्त उपाध्यक्ष र सदस्यले लिए शपथ

काठमाडौं- राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा प्रकाशकुमार श्रेष्ठ र

पोखरेल प्यानलमा पदाधिकारीको अन्तिम सूची : अग्नि खरेल सचिव समेटिँदा आनन्द पोखरेल उपमहासचिवमा आए

काठमाडौं- नेकपा एमालेले ११औँ महाधिवेशनमा ईश्वर पोखरेल प्यालनलबाट पदाधिकारीका उम्मेदवारहरूको

रेडपाण्डा म्याराथन : पुरुषतर्फ गजेन्द्र र महिलातर्फ निर्मलाले उपाधि जिते

फिक्कल– पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आज इलाममा आयोजित ‘रेडपाण्डा म्याराथन’को

एसियाली विकास बैंकबाट १४ अर्ब ३८ करोड सहुलियतपूर्ण ऋण स्वीकार गर्ने सरकारको निर्णय

काठमाडौं– सरकारले एसियाली विकास बैंकबाट प्राप्त हुने करिब १४ अर्ब

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न चेम्बर निवर्तमान अध्यक्षको आग्रह 

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले नेपालमा