काठमाडौं- नेकपा एमालेले ११औँ महाधिवेशनमा ईश्वर पोखरेल प्यालनलबाट पदाधिकारीका उम्मेदवारहरूको अन्तिम सूची आएको छ।
पोखरेल प्यानलमा अध्यक्ष केपी शर्मा ओली समूह छाडेका आनन्द पोखरेल र अग्नि खरेल समेटिएका छन् । पोखरेललाई उपमहासचिवमा राखिएको छ भने खरेललाई सचिवमा राखिएको छ ।
यो टीमबाट अध्यक्षमा ईश्वर पोखरेल, उपाध्यक्षमा अरुण नेपाल, गोकर्ण विष्ट, टंकप्रसाद कार्की, डा. विन्दा पाण्डे र परशुमेघी गुरुङलाई राखिएको छ । उता महासचिवमा सुरेन्द्र पाण्डे रहेका छन् । उपमहासचिवमा योगेश भट्टराई, आनन्द पोखरेल र वैजनाथ चौधरी रहेका छन् ।
सचिवहरूतर्फ अग्निप्रसाद खरेल, इन्द्रलाल सापकोटा, कर्णबहादुर थापा, कृष्णगोपाल श्रेष्ठ, गोकुलप्रसाद बाँस्कोटा, ठाकुरप्रसाद गैरे, पुरुषोत्तम पौडेल, रचना खड्का र विनोद ढकाल उम्मेदवार रहेका छन् ।














प्रतिक्रिया