दिनभर अनुपस्थित ओली साँझ ७ बजेपछि मात्रै मतदानस्थल पुगे « Khabarhub

दिनभर अनुपस्थित ओली साँझ ७ बजेपछि मात्रै मतदानस्थल पुगे


१ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


555
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं – नेकपा एमालेको एघारौँ महाधिवेशनमा अध्यक्षका उम्मेदवार केपी शर्मा ओली आज साँझ ७ बजेपछि मात्र मतदानस्थल पुगेका छन्। सोमबार उम्मेदवारी दर्ता गराएपछि दिनभर महाधिवेशन स्थल नपुगेका ओली साँझ मात्रै उपस्थित भएका हुन्।

मतदानस्थल पुगेपछि ओलीले अध्यक्षका अर्का उम्मेदवार ईश्वर पोखरेलसँग स्टेजमै गफगाफ गरेका छन्। उनीहरूसँगै नेता युवराज ज्ञवाली र विष्णु पौडेल पनि स्टेजमा देखिएका छन्।

युवा सङ्घका प्रवक्ता निरज पौडेलका अनुसार ओली पुगेको करिब आधा घण्टा भएको छ।

 ‘अध्यक्षज्यू दिनभर आउनुभएको थिएन, अहिले मात्र आउनुभएको हो,’ पौडेलले भने, ‘स्टेजमा अध्यक्षका उम्मेदवार ईश्वर पोखरेलसँगै हँसिलो मुद्रामा ठट्टा गर्दै गफगाफ भइरहेको देखिन्छ। युवराज ज्ञवाली र विष्णु पौडेल पनि सँगै हुनुहुन्छ।’

पौडेलका अनुसार ओली ७ बजेपछि महाधिवेशन स्थल पुगेका हुन्। चार नेतासँगै अन्य नेताहरू पनि गफगाफमा जोडिने क्रम जारी छ।

यता विद्युतीय मतदान मेसिन जडानमा समस्या देखिएपछि अहिलेसम्म मतदान सुरु हुन सकेको छैन। मतदानस्थलमा मतदाताहरू लाइनमा बसेर मतदानको प्रतीक्षामा छन्। उपस्थित नेताहरूका अनुसार मतदान सुरु हुन अझै केही समय लाग्नेछ।

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  ७ : ४९ बजे

सरकार र नागरिक बचाउ अभियानका टोलीबीचको वार्ता सकारात्मक

काठमाडौं- सरकारद्वारा गठित वार्ता समिति र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति

काठमाडौँमा ५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ

जब बिरामी नाति डोहोर्‍याउँदै सिंहदबार छिरे जयलाल…

काठमाडौँ- एक हातमा कागजपत्र अर्को हातमा नाति। मलिन अनुहारले नै

पुस १२ गतेभित्र राष्ट्रियसभा बैठक बोलाउँछौँ : नारायणप्रसाद दाहाल

काठमाडौं- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पुसको दोस्रो साता राष्ट्रियसभा बैठक

एमालेका नेताहरू भन्छन् : यसपटक कसैको पद सुरक्षित छैन

काठमाडौँ- पार्टी ११औँ महाधिवेशनमा होमिएका नेकपा एमालेकै नेताहरूले कसैको पद