पुस १२ गतेभित्र राष्ट्रियसभा बैठक बोलाउँछौँ : नारायणप्रसाद दाहाल « Khabarhub

पुस १२ गतेभित्र राष्ट्रियसभा बैठक बोलाउँछौँ : नारायणप्रसाद दाहाल


१ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पुसको दोस्रो साता राष्ट्रियसभा बैठक बोलाउने तयारी गरिएको बताएका छन् ।

मंगलबार राष्ट्रियसभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा अध्यक्ष दाहालले प्रतिनिधिसभाअन्तर्गतको कृषि समितिको हलको निर्माण कार्य सकिने बित्तिकै बैठक बोलाउने गरी आफूले केही दिनभित्र प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गर्ने तयारी गरेको बताए ।

राष्ट्रियसभा बैठक बोलाउने कुरामा सरकार असहमत नभएको पनि उनको भनाइ छ । बैठक सञ्चालनका लागि बिजनेसको भने अभाव हुने देखिएको उनको भनाइ छ । करिब १० दिनसम्मका लागि विजनेस भए पनि अरु बिजनेस नभएको अध्यक्ष दाहालको भनाइ थियो ।

यस्तो छ अध्यक्ष दाहालको भनाइ :

पुसको १२ गते बैठक बोलाउँछु म । जसरी पनि त्यो काम पूरा गर भनेर ठेकदारलाई भनिएको छ । मलाई लाग्छ–१०, १२ गतेसम्म हल तयार हुन्छ । अलिकति आकार आएपछि प्रधानमन्त्रीसँग गएर कुरा गरेर सदन बोलाउने कुरामा अहिलेसम्म विमति छैन । अब के होला त्यो कार्यान्वयनमा जाला ? तर, बैठक चाँही हामी १०/१२ गतेतिर बस्छौँ ।

तर, अब सरकारसँग बिजनेस केही पनि छैन । हामीसँग २/३ वटा विधेयक छन् । कि अब हामीले चलाउने नाममा आयोगका प्रतिवेदनहरू छन् । मन्त्री बोलाउने, छलफल गर्ने, बस्ने एउटा कुरा हो । तर, त्यति धैरै बिजनेसहरू छैन । अब उता गएको विधेयकहरू निस्क्रिय भइहाले । हामीसँग ४ वटा छन् । हामीसँग विधेयक नै कम छन् । एउटा विधेयक अध्यादेशमार्फत आएको छ । त्यो आर्थिक विधेयक हो भने राष्ट्रियसभालाई छलफल गर्ने अधिकार छैन । त्यो प्रतिनिधिसभामा मात्रै छलफल हुने हो । त्यसकारण हामीसँग १० दिनभन्दा बढी छलफल गर्ने बिजनेस छैन । सरकारलाई बिजेनसको बारेमा सोच्नुस् भनेर भनेको छु । जसोतसो चलाउनुपर्ला ।

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  १० : २३ बजे

रातो मच्छिन्द्रनाथलाई बुङ्गमती फर्काइयो (तस्बिरहरू)

काठमाडाैं – जावलाखेलमा भव्य रूपमा भोटो जात्रा सम्पन्न भएलगत्तै वर्षा

दयाहाङ र मिरुनाको नयाँ चलचित्र ‘रातो घेरा’ घोषणा

काठमाडौं – पछिल्लो समय चर्चा कमाएको चलचित्र ‘जारी’ मार्फत दर्शकको

रास्वपा महाधिवेशन : लोगोमा पार्टी सभापति र वरिष्ठ नेताको फोटो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको लोगोमा पार्टी

युद्धविराम उल्लंघनको आरोप लगाउँदै इरानले फेरि बन्द गर्‍यो होर्मुज स्ट्रेट

तेहरान – इरानले विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिने

रास्वपामा उम्मेदवारी शुल्क : सभापतिलाई ५१ हजार, केन्द्रीय सदस्यलाई ४१ हजार

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो ऐतिहासिक प्रथम राष्ट्रिय