एमालेमा स्वास्थ्य प्रतिस्पर्धा भइरहेछ : पदम गिरी « Khabarhub

एमालेमा स्वास्थ्य प्रतिस्पर्धा भइरहेछ : पदम गिरी


२ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमाले केन्द्रीय सदस्यका उम्मेदवार पदम गिरीले एमालेको ११औँ महाधिवेशनमा स्वास्थ्य प्रतिस्पर्धा भइरहेको बताएका छन् ।

मतदान स्थल भृकुटीमण्डपमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले नेताहरूले एकआपसमा सहकार्य गर्दै काम गरेकाले स्वास्थ्य प्रतिस्पर्धा भएको बताए ।

एमालेका पूर्व सचेतक समेत रहेका गिरीले सामूहिक रूपमा नेताहरू एकताबद्ध भएर महाधिवेशन स्थलमा मतदान गरिरहेकाले यो किसिमको लोकतान्त्रिक अभ्यास सबैले अपनाउनुपर्ने बताए ।

उनले अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेलबीच जुनसुकै कुरामा पनि समन्वय र सहकार्य भएको समेत दाबी गरेका छन्।

गिरीले केन्द्रीय कमिटी र पदाधिकारीमा नयाँ अनुहार आउने भएकाले एमाले परिमार्जनसहित अगाडि बढ्ने विश्वास समेत व्यक्त गरे ।

‘यहाँहरूले देख्नुभयो होला नेताहरूबीच एकदमै स्वास्थ्य प्रतिस्पर्धा भइरहेको छ। सबैजना नेताहरूले बिहान एकै पटक मतदान गर्नुभयो । अध्यक्ष र पदाधिकारीका उम्मेदवारहरू सबैको सहकार्य र कोअर्डिनेसन मिलेको छ’, गिरीले भने, ‘सबै कुरा सल्लाहमै भइरहेको छ। हिजो बेलुका चिसो र इलेक्ट्रोनिक मेसिनमा समस्या आएका कारण मतदान हुन नसकेपछि दुवैजना नेताले नै सल्लाह गरेन निर्णय लिनुभएको हो।

प्रकाशित मिति : २ पुस २०८२, बुधबार  १० : ५३ बजे

आर्थिक सहयोग गरेर विद्यालयलाई ऋणमुक्त

म्याग्दी– म्याग्दीको जलजला गाउँपालिका–१ बाँसखर्कमा रहेको ज्योति मण्डल माध्यमिक विद्यालयलाई

पर्साको दुई निर्वाचन मतदानस्थल अनुगमन बाँकी

पर्सा– जिल्ला सुरक्षा समितिले पर्साको १६५ मतदानस्थलको अनुगमन तथा निरीक्षणको

उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमेरिकामा हिमपातले जनजीवन अस्तव्यस्त, ६ लाख घरमा विद्युत अवरुद्ध

काठमाडौं – अमेरिकाको पूर्वी तटीय क्षेत्रमा भएको हिमपातका कारण जनजीवन

विश्वकपः सुपर एटमा आज पाकिस्तान र इंग्ल्यान्ड भिड्दै

काठमाडौं– आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर–८ अन्तर्गत मंगलबार एउटा