काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टिमका लागि इतिहासमा पहिलोपटक विदेशी प्रशिक्षक नियुक्त गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय मूलका हर्षल जयन्त पाठकलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएका छन् ।
यस कदमलाई नेपाली महिला क्रिकेटको स्तर उकास्ने र आगामी अन्तर्राष्ट्रिय प्रतियोगितामा टिमलाई बलियो बनाउने महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ ।
क्यानले पहिलो पटक विदेशी मुख्य प्रशिक्षक नियुक्त गर्ने उद्देश्यका साथ आवेदन खोलेको थियो । आवेदनका लागि उम्मेदवारसँग कम्तीमा पाँच वर्षको व्यवसायिक क्रिकेट प्रशिक्षण अनुभव र ईसीबी वा सीए लेभल–३ (वा सो सरह) प्रमाणपत्र आवश्यक थियो । करिब ७० जना प्रशिक्षकले आवेदन दिएका थिए, तर सात वर्षभन्दा बढी अन्तर्राष्ट्रिय प्रशिक्षण अनुभव बोकेका पाठक छनोटमा परेका हुन् ।
पाठक सन् २०१८ देखि थाइल्यान्ड महिला राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक तथा डिरेक्टर अफ क्रिकेटका रूपमा कार्यरत थिए । उनको प्रशिक्षण नेतृत्वमा थाइल्यान्डले एसिया छनोट र ग्लोबल छनोट पार गर्दै पहिलोपटक महिला टी–२० विश्वकपमा स्थान बनाएको थियो । सो विश्वकपमा थाइल्यान्डले टेस्ट राष्ट्र पाकिस्तानलाई पराजित गर्दै ऐतिहासिक जित दर्ता गरेको थियो ।
नेपाल आउने सन्दर्भमा पाठकको मुख्य चुनौती नेपाली महिला टोलीलाई विश्वकपमा पुर्याउनु हुनेछ । नेपाली टोलीले यसपटक पहिलोपटक महिला टी–२० विश्वकपको ग्लोबल छनोट खेल्दैछ । यसैले पाठकको अनुभव र रणनीतिक नेतृत्व टिमका लागि महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।
नेपाली टोलीले यसपटक पहिलोपटक महिला टी–२० विश्वकपको ग्लोबल छनोट खेल्दैछ । यसैले पाठकको अनुभव र रणनीतिक नेतृत्व टिमका लागि महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।
व्यक्तिगत पृष्ठभूमि
भारतको पुणेमा जन्मिएका पाठकले प्रारम्भमा खेलाडीको रूपमा क्रिकेट खेले । तर २१ वर्षको उमेरमा आँखामा चोट लागेपछि उनी खेलाडी जीवनबाट प्रशिक्षणतर्फ उन्मुख भए । उनले पुणेको काडेन्स क्रिकेट एकेडेमीबाट सहायक प्रशिक्षकको रूपमा करियर सुरु गरे र पछि मुख्य प्रशिक्षक बने। यसैबीच उनले बीसीसीआई लेभल–१ र लेभल–२ को कोचिङ प्रशिक्षण पूरा गरे ।
सन् २०१४ मा पाठकले रनजी ट्रफीमा महाराष्ट्र पुरुष टोलीको सहायक प्रशिक्षकका रूपमा काम गरे, जहाँ टोली २१ वर्षपछि फाइनलमा पुगेको थियो । त्यसपछि उनी महिला क्रिकेटमा सक्रिय भए र सन् २०१५ देखि करिब साढे दुई वर्ष भारतीय स्टार ब्याट्सम्यान हर्मनप्रीत कौरको व्यक्तिगत ब्याटिङ कोच बने । पाठकको प्रशिक्षणले कौरको ब्याटिङमा उल्लेखनीय सुधार ल्याएको भारतीय सञ्चारमाध्यमहरूमा प्रकाशित समाचारहरूले देखाउँछन्।
सन् २०१८ मा थाइल्यान्ड महिला टोलीको प्रशिक्षक नियुक्त भएपछि पाठकले टोलीलाई ऐतिहासिक उपलब्धि दिलाए । यही सफलता र अनुभवको आधारमा उनी अहिले नेपाली महिला क्रिकेट टिमसँग जोडिएका छन् ।
पहिलो पटक विदेशी प्रशिक्षक नियुक्त गर्दा पाठकले टिममा नयाँ रणनीति, व्यावसायिक प्रशिक्षण प्रणाली र अन्तर्राष्ट्रिय अनुभव भित्र्याउने विश्वास गरिएको छ ।
महत्त्वपूर्ण कदम
यसअघि नेपाली महिला टोलीमा भारतीय प्रशिक्षक कन्सल्ट्यान्ट वा व्याटिङ प्रशिक्षकका रूपमा आएका भए पनि मुख्य प्रशिक्षक भने नेपाली नै थिए । पहिलो पटक विदेशी प्रशिक्षक नियुक्त गर्दा पाठकले टिममा नयाँ रणनीति, व्यावसायिक प्रशिक्षण प्रणाली र अन्तर्राष्ट्रिय अनुभव भित्र्याउने विश्वास गरिएको छ ।
पाठकको लक्ष्य टिममा सकारात्मक वातावरण निर्माण गर्नु, खेलाडीलाई आत्म–प्रेरित बनाउनु र टीमको सफलता केन्द्रित सोच प्रवर्द्धन गर्नु रहेको छ । यस दृष्टिकोणले नेपाली महिला क्रिकेटलाई अन्तर्राष्ट्रिय मञ्चमा नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।













प्रतिक्रिया