झण्डै दोब्बरले बढ्यो घरजग्गा कारोबार, पुँजीगत लाभकर पनि दोब्बर « Khabarhub

झण्डै दोब्बरले बढ्यो घरजग्गा कारोबार, पुँजीगत लाभकर पनि दोब्बर


२ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्षको कात्तिक महिनाको तुलनामा मंसिर महिनामा नेपालमा घरजग्गा कारोबार झण्डै दोब्बरले बढको छ ।

भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार कात्तिक महिनामा देशैभरीका मालपोत कार्यालयबाट ५१ हजार ६३२ वटा संख्यामा लिखत पारित भएको हो । जुन संख्या २३ हजार २४९ संख्याले धेरै हो ।

सरकारले मंसिर महिनामा भएको घरजग्गा कारोबारमार्फत १ अर्ब ८३ करोड ८९ लाख ५७ हजार १७८ रुपैयाँ पुँजीगत लाभकर संकलन रहेको छ । त्यस्तै, सो महिनामा सरकारले घरजग्गा क्षेत्रमार्फत ४ अर्ब ८४ करोड ८१ लाख ५४ हजार ८३२ रुपैयाँ राजस्व संकलन गरेको छ ।

विभागका अनुसार कात्तिक महिनामा २८ हजार ३८३ वटा लिखत पारित भएको थियो । सो महिनामा सरकारले घरजग्गा कारोबारमार्फत पुँजीगत लाभकर ९९ करोड ७८ लाख ४४ हजार ३९२ रुपैयाँ पुँजीगत लाभकर र २ अर्ब ७४ करोड ५१ लाख ७२ हजार १ सय ९९ रुपैयाँ जम्मा राजस्व आम्दानी गरेको थियो ।

त्यस्तै, सरकारले घरजग्गा कारोबारबाट पुँजीगत लाभकरमार्फत साउन महिनामा १ अर्ब १९ करोड ११ लाख ९९ हजार ७३८ रुपैयाँ, भदौ महिनामा १ अर्ब २० करोड ९२ लाख २९ हजार ९५५ र असोज महिनामा १ अर्ब ६ करोड १९ लाख ३५ हजार ५ सय ३७ रुपैयाँ आम्दानी गरेको थियो ।

त्यस्तै, सरकारले चालु आवमा घरजग्गा कारोबारमार्फत साउन महिनामा ३ अर्ब २८ करोड ९१ लाख ३८ हजार २४२ रुपैयाँ, भदौ महिनामा ३ अर्ब १४ करोड ७ लाख १६ हजार ३५५ र असोज महिनामा २ अर्ब ७५ करोड ८५ लाख ५७ हजार ९२७ रुपैयाँ कुल राजस्व आम्दानी गरेको थियो ।

प्रकाशित मिति : २ पुस २०८२, बुधबार  १२ : १२ बजे

जर्मनीद्वारा इरानसँग प्रत्यक्ष वार्ता पुनः सुरु गर्ने निर्णय

एजेन्सी– जर्मनीका चान्सलर फ्रिड्रिख मर्जले अमेरिका र इरानबीच हालै सहमति

प्रतिवेदन अपूर्ण र अप्रमाणित छ, न्यायमा पूर्ण विश्वास छ : पूर्वगृहमन्त्री लेखक

काठमाडौँ– पूर्वगृहमन्त्री रमेश लेखकले सरकारले आफूलाई प्रतिशोधपूर्ण र पूर्वाग्रही ढङ्गले

स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन सरकारको निर्देशन

काठमाडौं– सरकारले शनिबार र आइतबार लगातार दुई दिन सार्वजनिक बिदा

मध्यपूर्व युद्धले विश्व अर्थतन्त्रमा ठूलो असर

बर्लिन– हालै अन्तर्राष्ट्रिय मुद्रा कोषले विश्व अर्थतन्त्रको वृद्धिदर घट्ने चेतावनी

गोरखा–जितगढी एकीकरण पदयात्रा

दमौली– नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु भएको छ । पृथ्वीनारायण