झण्डै दोब्बरले बढ्यो घरजग्गा कारोबार, पुँजीगत लाभकर पनि दोब्बर « Khabarhub

झण्डै दोब्बरले बढ्यो घरजग्गा कारोबार, पुँजीगत लाभकर पनि दोब्बर


२ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्षको कात्तिक महिनाको तुलनामा मंसिर महिनामा नेपालमा घरजग्गा कारोबार झण्डै दोब्बरले बढको छ ।

भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार कात्तिक महिनामा देशैभरीका मालपोत कार्यालयबाट ५१ हजार ६३२ वटा संख्यामा लिखत पारित भएको हो । जुन संख्या २३ हजार २४९ संख्याले धेरै हो ।

सरकारले मंसिर महिनामा भएको घरजग्गा कारोबारमार्फत १ अर्ब ८३ करोड ८९ लाख ५७ हजार १७८ रुपैयाँ पुँजीगत लाभकर संकलन रहेको छ । त्यस्तै, सो महिनामा सरकारले घरजग्गा क्षेत्रमार्फत ४ अर्ब ८४ करोड ८१ लाख ५४ हजार ८३२ रुपैयाँ राजस्व संकलन गरेको छ ।

विभागका अनुसार कात्तिक महिनामा २८ हजार ३८३ वटा लिखत पारित भएको थियो । सो महिनामा सरकारले घरजग्गा कारोबारमार्फत पुँजीगत लाभकर ९९ करोड ७८ लाख ४४ हजार ३९२ रुपैयाँ पुँजीगत लाभकर र २ अर्ब ७४ करोड ५१ लाख ७२ हजार १ सय ९९ रुपैयाँ जम्मा राजस्व आम्दानी गरेको थियो ।

त्यस्तै, सरकारले घरजग्गा कारोबारबाट पुँजीगत लाभकरमार्फत साउन महिनामा १ अर्ब १९ करोड ११ लाख ९९ हजार ७३८ रुपैयाँ, भदौ महिनामा १ अर्ब २० करोड ९२ लाख २९ हजार ९५५ र असोज महिनामा १ अर्ब ६ करोड १९ लाख ३५ हजार ५ सय ३७ रुपैयाँ आम्दानी गरेको थियो ।

त्यस्तै, सरकारले चालु आवमा घरजग्गा कारोबारमार्फत साउन महिनामा ३ अर्ब २८ करोड ९१ लाख ३८ हजार २४२ रुपैयाँ, भदौ महिनामा ३ अर्ब १४ करोड ७ लाख १६ हजार ३५५ र असोज महिनामा २ अर्ब ७५ करोड ८५ लाख ५७ हजार ९२७ रुपैयाँ कुल राजस्व आम्दानी गरेको थियो ।

प्रकाशित मिति : २ पुस २०८२, बुधबार  १२ : १२ बजे

भदौ २३–२४ का घटना जाँचबुझ आयोगद्वारा म्याद थपको माग

काठमाडौं – भदौ २३ र २४ गते भएका घटनाको छानबिन

सशस्त्र प्रहरी बलको नं. २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार

ललितपुर– ललितपुर महानगरपालिकाको १०७ औं स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरी

नेशनल घर निर्माण फेस्ट-२०८२ को प्रायोजकमा (पावर्ड बाई) मा शिवम् सिमेन्ट

काठमाडौं– स्किल सेवा प्रालि र शिवम् सिमेन्ट लिमिटेडबीच नेशनल घर निर्माण

खगेन्द्र र रुद्रकलीलाई लिन कतार एयरवेजको जहाज भैरहवा आइपुग्यो

भैरहवा– खगेन्द्र र रुद्रकलीलाई लिन कतार एयरवेजको कार्गो जहाज भैरहवास्थित

बुधबार ५ अंकले बढ्यो नेप्से, ४ अर्ब बढीको भयो कारोबार

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.७० अंकले बढेको छ