अहिलेकै गतिमा चलिरहे बिहीबार दिउँसो मात्रै सकिने छ एमालेमा मतदान « Khabarhub

अहिलेकै गतिमा चलिरहे बिहीबार दिउँसो मात्रै सकिने छ एमालेमा मतदान


२ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


465
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतदान बिहीबार मध्यान्हसम्म पनि सकिने सम्भावना कमजोर देखिएको छ।

बितेका ८ घण्टामा ८०२ मत मात्रै खसेको छ। एमालेमा २२ सय ६३ जना मतदाता छन् । अब राति भएकाले चिसोका कारण दिउँसो भन्दा मतदान सुस्त हुने सम्भावना छ । त्यसले गर्दा एमालेको मतदान प्रक्रिया झनै ढिलो हुने अवस्था आएको छ।

काठमाडौंको भृकुटीमण्डपमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग भए पनि मतदाता अभ्यस्त नहुँदा र प्राविधिक केही कठिनाइका कारण मतदान सुस्त गतिमा भइरहेको निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेलका अनुसार, बिहान ९ बजेर १२ मिनेटमा सुरु भएको मतदान साँझ ५ बजेर २ मिनेटसम्ममा ८०२ मत खसेको छ।

उनी भन्छन्, ‘एकजनाले सामान्यतया ३०–३५ मिनेटमा मतदान गर्ने भए पनि कतिपयले २ घण्टा १२ मिनेटसम्म समय लिएका छन्।’

मतदाता दुई प्यानल, केपी शर्मा ओली र ईश्वर पोखरेलका उम्मेदवार छान्न अलमल्लमा परेका छन्। मतदानका लागि टोकन वितरण भइसकेको छ र राति ८ बजेसम्म प्रवेश गर्न पाइने उनले बताए ।

प्रविधि मैत्री नभएका मतदातालाई सहयोग गर्न निर्वाचन अधिकृत र प्राविधिक टोली उपलब्ध रहेका उनले बताए । बिरामी मतदातालाई पनि आवश्यक उपचार उपलब्ध गराइएको उनले बताए । आफैं मतदान गर्न नसक्नेलाई निर्वाचन आयोगका कर्मचारीले सघाइरहेको उनले बताए ।

एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार २२६३ मतदाता छन् । तिनले ६२२ उम्मेदवारलाई भोट ३०१ केन्द्रीय सदस्य छान्नुपर्ने छ। उनले भने, ‘मतदान धैर्यतापूर्वक भइरहेको छ। कार्यकर्ताहरू उत्साहित छन् ।’

निर्वाचन अधिकृतहरूले मतदान कार्य राति नै सम्पन्न हुनसक्ने अनुमान गरे पनि त्यो सम्भावना अब टरेको छ।

प्रकाशित मिति : २ पुस २०८२, बुधबार  ५ : ५२ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको