अहिलेकै गतिमा चलिरहे बिहीबार दिउँसो मात्रै सकिने छ एमालेमा मतदान « Khabarhub

अहिलेकै गतिमा चलिरहे बिहीबार दिउँसो मात्रै सकिने छ एमालेमा मतदान


२ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


465
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतदान बिहीबार मध्यान्हसम्म पनि सकिने सम्भावना कमजोर देखिएको छ।

बितेका ८ घण्टामा ८०२ मत मात्रै खसेको छ। एमालेमा २२ सय ६३ जना मतदाता छन् । अब राति भएकाले चिसोका कारण दिउँसो भन्दा मतदान सुस्त हुने सम्भावना छ । त्यसले गर्दा एमालेको मतदान प्रक्रिया झनै ढिलो हुने अवस्था आएको छ।

काठमाडौंको भृकुटीमण्डपमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग भए पनि मतदाता अभ्यस्त नहुँदा र प्राविधिक केही कठिनाइका कारण मतदान सुस्त गतिमा भइरहेको निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेलका अनुसार, बिहान ९ बजेर १२ मिनेटमा सुरु भएको मतदान साँझ ५ बजेर २ मिनेटसम्ममा ८०२ मत खसेको छ।

उनी भन्छन्, ‘एकजनाले सामान्यतया ३०–३५ मिनेटमा मतदान गर्ने भए पनि कतिपयले २ घण्टा १२ मिनेटसम्म समय लिएका छन्।’

मतदाता दुई प्यानल, केपी शर्मा ओली र ईश्वर पोखरेलका उम्मेदवार छान्न अलमल्लमा परेका छन्। मतदानका लागि टोकन वितरण भइसकेको छ र राति ८ बजेसम्म प्रवेश गर्न पाइने उनले बताए ।

प्रविधि मैत्री नभएका मतदातालाई सहयोग गर्न निर्वाचन अधिकृत र प्राविधिक टोली उपलब्ध रहेका उनले बताए । बिरामी मतदातालाई पनि आवश्यक उपचार उपलब्ध गराइएको उनले बताए । आफैं मतदान गर्न नसक्नेलाई निर्वाचन आयोगका कर्मचारीले सघाइरहेको उनले बताए ।

एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार २२६३ मतदाता छन् । तिनले ६२२ उम्मेदवारलाई भोट ३०१ केन्द्रीय सदस्य छान्नुपर्ने छ। उनले भने, ‘मतदान धैर्यतापूर्वक भइरहेको छ। कार्यकर्ताहरू उत्साहित छन् ।’

निर्वाचन अधिकृतहरूले मतदान कार्य राति नै सम्पन्न हुनसक्ने अनुमान गरे पनि त्यो सम्भावना अब टरेको छ।

प्रकाशित मिति : २ पुस २०८२, बुधबार  ५ : ५२ बजे

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम

फूलको आयातमा रोक लगाउन प्रशासनसँग माग

झापा– फूलको व्यावसायिक खेती गरिरहेका झापाका किसानहरूले स्वदेशी सयपत्री फूलले

धान थन्क्याउन युवा जनशक्ति पाउनै मुस्किल

भोजपुर– गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ पलायन हुन

एनपीएल : आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बुधबार)

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय