यस्ता छन् प्रगतिशील लोकतान्त्रिकको पहिलो बैठकका १५ निर्णय « Khabarhub

यस्ता छन् प्रगतिशील लोकतान्त्रिकको पहिलो बैठकका १५ निर्णय


२ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को केन्द्रीय समितिको पहिलो बैठकले देशको राजनीतिक, सामाजिक र आर्थिक मुद्दाहरूमा केन्द्रित हुँदै विभिन्न महत्वपूर्ण प्रस्तावहरू पारित गरेको छ ।

बैठकले फागुन २१ मा हुने निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र धाँधलीरहित रूपमा सम्पन्न गर्न आवश्यक वातावरण निर्माण गर्न माग गरेको छ ।

विदेशमा रहेका नेपाली नागरिकहरूलाई मतदानको अधिकार सुनिश्चित गर्नु, देशभित्रका अन्य जिल्ला वा निर्वाचन क्षेत्रमा रहेर पनि आफ्नो मतदान केन्द्रमा मतदान गर्न सक्ने व्यवस्था गर्नु र १८ वर्ष उमेर पुगेकालाई उम्मेदवार बन्न सक्ने अधिकार सुनिश्चित गर्नुपर्ने बैठकले निर्णय गरेको छ।

निर्वाचन व्यवस्थापन तथा वार्ता संवाद समितिमा जनार्दन शर्मा, ओमबहादुर घर्ती, शेरबहादुर तामाङ, सीता गुरुङ र घनश्याम सिंह गुरुङ (जीपीएस) लाई चयन गरिएको छ।

यसैगरी, बैठकले लोकतन्त्रको आधारमा देखा परेको भ्रष्टाचार, नेतृत्व र दण्डहीनताको अन्त्य गर्न आगामी निर्वाचनबाट उम्मेदवारहरूलाई अस्वीकार गर्ने अधिकार (राइट टु रिजेक्ट) को तत्काल व्यवस्था गर्न माग गरेको छ । भ्रष्टाचारबाट आर्जित सम्पत्तिलाई राष्ट्रियकरण गर्ने प्रक्रिया अगाडि बढाउनुपर्नेमा जोड दिइएको छ ।

महिला हिंसा, दलित तथा जातीय आधारमा हुने भेदभावलाई मानवअधिकार विरोधी र दण्डनीय अपराध ठहर गर्दै यसविरुद्ध कडा कारबाही गर्न र राज्यबाट यस्ता घटना हुन नदिने सुनिश्चितता गर्न माग गरिएको छ । वर्षायाममा हुने पहिरो तथा बाढीबाट जोगाउन सरकारलाई पूर्व तयारी गर्न आग्रह गरिएको छ ।

युरोपेली देशहरूमा हजारौंको संख्यामा नेपाली कामदारहरूलाई तस्करी गरेर लगिएको र उनीहरूले दाससरह काम गर्नुपरेको समाचारप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । यस क्षेत्रमा रहेका नेपाली कामदारहरूलाई तत्काल उद्धार गर्न सरकारसँग जोडदार माग गरिएको छ ।

सहकारी पीडित नागरिकहरूको पाँच लाखसम्मको बचत सरकारले क्षतिपूर्ति रूपमा तत्काल उपलब्ध गराउन र राजनीतिक संरक्षणमा रहेका सहकारी, मिटरब्याजी, लघुवित्तजस्ता ठगहरूलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गरिएको छ ।

माओवादी र सरकारबीच भएको ऐतिहासिक सम्झौतालाई पार्टीले स्वागत गरेको छ भने दोस्रो संस्करणको नेपाली क्रिकेट प्रिमियर लिग (एनपीएल) को उपविजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिमलाई बधाई दिएको छ। सबै खेलाडीहरूको प्रगतिको कामना गर्दै आगामी विश्वकपमा नेपाली टिमलाई सफलताको शुभकामना व्यक्त गरेको छ ।

समग्र राजनीतिक पुनर्संरचना, सुशासन र समृद्धिसँग जोडिएका गम्भीर विषयहरू पूरा नभएको भन्दै विकल्पमा प्रगतिशील शक्तिहरूबीच सहकार्य, एकीकरण गरेर अगाडि बढ्न आवश्यक रहेकोमा जोड दिइएको छ ।

बैठकले जुझारू, लोकतान्त्रिक, प्रगतिशील, समावेशी शक्तिहरूको अटुट एकीकरणसहित नयाँ राजनीतिक शक्ति निर्माण गर्न आह्वान गरेको छ ।

प्रकाशित मिति : २ पुस २०८२, बुधबार  ७ : २१ बजे

टी–२० विश्वकप : वेस्ट इन्डिजको विशाल जित, जिम्बाब्वे १०७ रनले पराजित

काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर ८ चरणमा वेस्ट इन्डिजले

साम्बाको उपचार निःशुल्क गरिदिने काठमाडौँ मेडिकल कलेजको घोषणा

काठमाडौं – काठमाडौँ मेडिकल कलेजले राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान

दुई दर्जन कारण देखाउँदै एमालेले माग्यो ईश्वर पोखरेललाई माग्यो भोट

काठमाडौँ– काठमाडौं निर्वाचन क्षेत्र नंम्बर ५ मा उम्मेदवार रहेका एमाले

शेखर कोइराला भन्छन् : कांग्रेसले जितेमात्रै धर्म–संस्कृति जोगिन्छ

मोरङ – नेपाली कांग्रेसका नेता एवं मोरङ क्षेत्र नंं ६

सुशासन र परिणाममुखी काम अबको आवश्यकता : कुलमान घिसिङ

सुनसरी – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले देशमा सुशासन