एमाले महाधिवेशन : विद्युतीय मेसिनमा सुस्त मतदान, दुई हजार मत खस्यो « Khabarhub

एमाले महाधिवेशन : विद्युतीय मेसिनमा सुस्त मतदान, दुई हजार मत खस्यो

केही बेरमा परिणाम सार्वजनिक हुने


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


477
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले)को ११ औं महाधिवेशनको मतदान जारी छ ।

निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार बिहीबार बिहान पाँच बजेसम्म दुई हजार ९१ मत खसेको छ । अब एक सय ७२ मत खस्न बाँकी रहेको उनको भनाइ छ । एमाले महाधिवेशनमा दुई हजार दुई सय ६३ प्रतिनिधि सहभागी छन् ।

बुधबार बिहान सुरु भएको मतदान प्रक्रिया सुस्त बनेको छ । नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा जारी निर्वाचन अन्तिम चरणमा पुगेको हो ।

महाधिवेशनमा केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानल नै बनाएर मैदानमा छन् ।

कूल ८० वटा विद्युतीय भोटिङ प्रयोग हुँदा पनि अति नै सुस्त गतिमा मतदान जारी छ। कागजमाभन्दा छिटो मतदान हुने भनिए पनि उम्मेदवार धेरै हुँदा मतदातालाई समस्या भएको छ ।

निर्वाचन सम्पन्न भएको तीन घण्टामा परिणाम सार्वजनिक हुने आयोगले जनाएको छ । एमालेमा ३०१ केन्द्रीय सदस्यीय समितिका लागि करिब ६४२ जनाको उम्मेदवारी परेको छ ।

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  ५ : ५२ बजे

सिँचाइ, तटबन्ध र नदी व्यवस्थापन सरकारको उच्च प्राथमिकतामा

काठमाडौं– सरकारले आगामी आर्थिक वर्षमा थप १५ हजार ७७६ हेक्टर

रास्वपाको अन्तिम केन्द्रीय समिति बैठक भरतपुरमा 

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अन्तिम केन्द्रीय समिति बैठक सुरु

राष्ट्रिय सुरक्षा र हितको रक्षाका लागि सेना तयार : इरान   

तेहरान-  इरानको इस्लामिक रिभोल्युसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) ले देशको सुरक्षा, सम्मान

मुस्ताङमा पर्यटकको चाप, एघार महिनामा सात लाखले भ्रमण गरे 

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुँदै

युद्धविरामका बीच दक्षिणी लेबनानमा हेजबुल्लाहविरुद्धको सैन्य कारबाही जारी

एजेन्सी– इजरायली रक्षा बल (आईडीएफ) ले युद्धविराम लागू रहे पनि