विश्वकप ट्रफी टुर नेपालमा गर्दै आईसीसी « Khabarhub

विश्वकप ट्रफी टुर नेपालमा गर्दै आईसीसी


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले विश्वकप अघिको ट्रफी टुरमा नेपाललाई पनि समेटेको छ। भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी-२० विश्वकपको ट्रफी नेपालमा समेत ल्याइने भएको हो।

आइसिसीकाअनुसार ट्रफी टुर एसियाली देशमा आयोजक भारत, श्रीलङ्का, नेपाल, कतार, ओमान, बहराइन र मङ्गोलियामा लगिनेछ।

नेपालले तेस्रो पटक टी–२० विश्वकप खेल्दैछ। विश्वकपमा नेपाल समूह ‘सी’ मा परेको छ। कठिन मानिएको यस समूहमा नेपालसहित दुई पटकको विजेता वेस्ट इन्डिज, एक पटकको विजेता इङ्ल्यान्ड, बङ्गलादेश र इटाली रहेको छ।

नेपालले इङ्ल्यान्ड र इटालीसँग पहिलो पटक खेल्ने छ। नेपालले समूह चरणको सबै खेल मुम्बईमा खेल्नेछ। इटालीले पहिलो पटक विश्वकप खेल्न लागेको हो। युरोप क्षेत्रको छनोटबाट स्कटल्यान्डलाई पछि पार्दै नेदरल्यान्ड्स र इटालीले विश्वकपमा स्थान बनाएका थिए।

नेपालले भने तेस्रो पटक विश्वकपको यात्रा तय गरेको हो। नेपालले यसअघि सन् २०१४ र सन् २०२४ को विश्वकप खेलेको थियो। विश्वकपमा सहभागी २० टोलीलाई चार समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा चर्चित प्रतिद्वन्द्वी भारत र पाकिस्तानसहित अमेरिका, नेदरल्यान्ड्स र नामिबिया रहेको छ।

यस्तै ‘बी’ मा अस्ट्रेलिया, श्रीलङ्का, जिम्बावे, आयरल्यान्ड र ओमान तथा समूह ‘डी’ मा दक्षिण अफ्रिका, न्युजिल्यान्ड, अफगानिस्तान, क्यानडा र युएई रहेको छ।

समूहका शीर्ष दुई टोली सुपर आठमा पुग्नेछन्। सुपर आठलाई पनि दुई समूहमा विभाजन गरिनेछ। शीर्ष दुई टोली सेमिफाइनमा पुग्नेछन्।

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  ७ : ४५ बजे

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ४ गते शुक्रबार तदनुसार

आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ४ गते शुक्रबार तदनुसार

पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला

काठमाडौँ- गौशाला मूल सडकसँग जोडिएको पशुपति क्षेत्रको मूल मन्दिर प्रवेश

न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय हो : प्रधानन्यायाधीश राउत

काठमाडौँ– प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायपरिषद् न्यायाधीश नियुक्त गर्ने निकायमात्र नभई