डब्लुसीएल टी–२० क्रिकेटको ट्रफी चन्द्रागिरी पुर्‍याइयो « Khabarhub

डब्लुसीएल टी–२० क्रिकेटको ट्रफी चन्द्रागिरी पुर्‍याइयो


६ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पहिलो पटक आयोजना भएको वुमन्स च्याम्पियन्स लिग (डब्लुसीएल) टी–२० क्रिकेट प्रतियोगिताको ट्रफी चन्द्रागिरी परिक्रमा गराइएको छ ।

फाइनल पुगेका टोलीका कप्तानसहित ट्रफीलाई बुधबार चन्द्रागिरी परिक्रमा गराइएको हो । प्रतियोगिताको फाइनल खेल भोलि हुँदैछ । फाइनलमा काठमाडौं क्विन्स र चितवन राइनोज भिड्ने छन् । दुबै टोलीको लक्ष्या उपाधि चुम्ने रहेको छ ।

प्रतियोगिताको विजेता टोलीले ७ लाख पाउनेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ । यस्तै, व्यक्तिगत पुरस्कारतर्फ प्लेयर अफ दि म्याचले १ सय २५ सीसीको टीयीएसको स्कुटरसहित ५० हजार प्राप्त गर्नेछ । उत्कृष्ट बलिङ र ब्याटिङ गर्नेलाई २५ हजार रुपैयाँ नगद प्रदान गरिनेछ ।

प्रतियोगितामा देशभरका ५ शहरका ५ टिम सहभागीता जनाएका थिए । प्रतियोगितामा ललितपुर फाल्कोन्स, पोखरा पल्टन, क्यापिटल रोयल्स काठमाडौँ, चितवन राइनोज र विराटनगर टाइटन्सले प्रतिस्पर्धा गरेका थिए ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा मंगलबार भएको इलिमिनेटर खेलमा विराटनगर टाईटन्सलाई ९ विकेटले पराजित गर्दै काठमाडौं फाइनलमा पुगेको हो । चितवन लिगको शीर्ष स्थानमा रहँदै यसअघि फाइनल पुगिसकेको थियो ।

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार  १० : १७ बजे

कांग्रेसको समानुपातिक सूचीमा गगनका ससुरादेखि निधिकी भान्जीसम्म

काठमाडौं – नेपाली कांग्रेसले समानुपातिकतर्फ प्राप्त सिटअनुसार २० जनाको नामावली

महामन्त्री पौडेलद्वारा कांग्रेस सुधारका लागि सुझाव माग

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सुधारका लागि

यूएईको तेल टर्मिनलमा हमला हुँदा भारतीय जहाज प्रभावित, कर्मचारी सुरक्षित

काठमाडौं – अमेरिका–इजरायल र इरानबीच जारी द्वन्द्वको प्रभाव खाडी क्षेत्रसम्म

कांग्रेसले निर्वाचन आयोगमा बुझायो २० समानुपातिक सांसदको सूची

काठमाडौं – नेपाली कांग्रेसले समानुपातिकतर्फ प्राप्त सिटअनुसार आफ्नो पार्टीबाट चयन

मेचीनगरको अस्पतालमा रेबिजविरुद्धको सुई अभाव

झापा – मेचीनगर नगरपालिकास्थित सरकारी अस्पतालमा रेबिजविरुद्धको खोप (एन्टी रेबिज