केन्द्रीय सदस्य हारेका विष्टले छोडे एमाले « Khabarhub

केन्द्रीय सदस्य हारेका विष्टले छोडे एमाले


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


750
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (एमाले) का नेता ठम्मर विष्टले पार्टीको सम्पूर्ण जिम्मेवारीसहित सदस्यबाटै राजीनामा दिएको घोषणा गरेका छन् । ११औँ महाधिवेशनमा कर्णाली भूगोल खुला केन्द्रीय सदस्यको उमेदवार बनेका विष्टले पराजित भएपछि राजीनामाको घोषणा गरेका हुन् ।

बिहीबार फेसबुकमार्फत राजीनामाको घोषणा गर्दै उनले पार्टी नेतृत्व, कार्यशैली र हालको राजनीतिक दिशाप्रति असहमति जनाएका छन् । जेनजी आन्दोलनपछिको राजनीतिक परिवेशमा पार्टी नेतृत्व जनउत्तरदायी हुन नसकेको उनको आरोप छ ।

विष्टले उमेदवार छनोटदेखि नै शक्ति तथा साधन–स्रोतको दुरुपयोग गरिएको आरोप लगाएका छन् । योजनाबद्ध रूपमा केही नेता–कार्यकर्ता तथा उमेदवारलाई पराजित गराउने चक्रव्युह रचिएको उनको आरोप छ ।

माओवादी पृष्ठभूमिका नेता विष्टले फेसबुकमा लेखेका छन्, ‘मैले विगतमा प्राप्त गरेका लाभका पदहरू परित्याग गरी निष्ठा र आदर्शका आधारमा यो पार्टी रोजेको हुँ । न त म कुनै भ्रष्टाचार वा चारित्रिक मुद्दाबाट बच्न पार्टी छोड्दै छु, न त राजनीतिक जिम्मेवारीबाट भाग्दै छु ।’

पार्टीको केन्द्रीय समितिमा एक कार्यकाल भूमिका निर्वाह गरिसकेको उल्लेख गर्दै उनले संगठन र नेतृत्वको गलत शैलीको जिम्मेवारी लिन नसक्ने निष्कर्षसहित नेकपा (एमाले) को सम्पूर्ण जिम्मेवारी र पार्टी सदस्यताबाट राजीनामा दिएको घोषणा गरेका छन् ।

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  ९ : ३७ बजे

यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

विदेश पठाइदिने भन्दै ४९ लाख ठगी, तीन जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै ४९ लाख

समानुपातिक उम्मेदवार छनोट गर्न आजपाले बनायो कार्यदल

काठमाडौं – आम जनता पार्टी (आजपा)ले २१ फागुनमा हुने प्रतिनिधिसभाको

रवि लामिछानेलाई रिहा गर्ने निर्णय स्वागतयोग्य छ : बाबुराम भट्टराई

काठमाडौं – पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी

जलविद्युत् आयोजनाको मारमा किसान : ‘हरियाली वनपाखा धुलाम्य भए’ 

म्याग्दी– धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले वायु