स्वदेशमै दुःख गर्नसके बिदेसिनु पर्दैन « Khabarhub

स्वदेशमै दुःख गर्नसके बिदेसिनु पर्दैन


४ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुनसरी, रामदुनी झुम्का–१ सकुन्तला अधिकारीका दुई छोराछोरी पाँच कक्षामा पढ्दै थिए । श्रीमान्को कमाइ थिएन । हुर्किँदै गरेका सन्तानको भविष्य बनाउने सपनासहित उनी बाध्य भएर बिदेसिनुपर्ने अवस्था आयो । मेनपावरमार्फत कुवेत पुगेकी अधिकारीसँग गृहिणीका रूपमा घरायसी काम र खाना पकाउनेबाहेक अन्य अनुभव थिएन ।  

के कामका लागि विदेश जाँदै छु भन्नेसमेत थाहा नपाइ उनी बिदेसिइन् । बदलामा दुई वर्षसम्म निकै सास्ती खेप्नुपर्‍यो, ऋणधन गरेर गएकी अधिकारीलाई रित्तो हात घर फर्किने सुविधा थिएन । पछि जसोतसो साथीभाइको सहायतामा उनले अरबीको घरमा घरेलु कामदारका रुपमा काम पाइन् । 

‘त्यहाँ राम्रो घरमा काम पाउनु भनेको निकै भाग्यको कुरा हो, त्यस्तै भाग्यमानी रहेछु म । मैले काम पाएको घरका मान्छे निकै मनकारी रहेछन्’, अधिकारीले स्मरण गरिन्, ‘काम भने धेरै गर्नुपर्थ्यो । २४ सै घण्टा काममा खट्नुपर्ने अवस्थासमेत आउने ।’ 

अचेल अधिकारीलाई त्यति समय नेपालमै श्रम बगाएको भए पनि धेरै आर्थिक लाभ हुने रहेछ भन्ने लागिरहेको छ । ‘वैदेशिक रोजगारीमा जानु हामीजस्ता महिलाका लागि रहरभन्दा पनि बाध्यता नै हो । विदेश गएर दुई चार पैसा ल्याई बस्ने बास र छोराछोरी पढाउने आशमा बिदेसिनुपर्ने अवस्थाका कति छन् कति’, उनी भन्छिन् । 

त्यही बाध्यता अधिकारीलाई पनि थियो, त्यसैले त साढे दश वर्षसम्म छोराछोरी पढाउनकै लागि चाहेर पनि उनले स्वदेश फिर्कन पाइनन् । ‘घर आउने चाहना कसलाई हुँदैन र ? छोराछोरी काखमा च्याप्ने रहर त थियो नि मलाई पनि’, उनी भन्छिन्, ‘तर, के गर्नु आउँदा जाँदा खर्च लाग्छ भनेर मन बाँधेर बस्थेँ । त्यसो गर्दा गर्दै साढे दश वर्ष कुवेतमा श्रम बगाएँ ।’

४० वर्षीया अधिकारी जब स्वदेश फर्किन, आफ्नै देशमा पनि शान्तले बस्न पाइनन् । परिवार, समाज र आफन्तले हेर्ने दृष्टिकोण सकारात्मक भएन । उनले आर्थिक अभावभन्दा पनि यस्तै दृष्टिकोणका कारण समस्या भोगिन् । ‘छोराछोरी छोडेर बिदेसिएकी महिलालाई राम्रो नजरले हेर्दा रहेनछन्, मैले धेरै नराम्रो सुन्नुपर्‍यो’, अधिकारीले पीडा सुनाइन्, ‘समाज, परिवार र आफन्तको त्यही असहयोगी वातावरणले मानसिक समस्या भोग्नु पर्‍यो । डिप्रेसनको औषधि खानुपर्‍यो । आत्महत्या गर्ने सुर चल्यो ।’

लाञ्छनाले भरिएको गह्रुङ्गो र विक्षिप्त मन बोकेर बाँचिरहेकी अधिकारीलाई केही समय निकै गाह्रो भयो । पछि सहकर्मी र केही सकारात्मक सोच भएका मानिसहरूमार्फत वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूको पुनः एकीकरण (रेमी)  परियोजनासँग जोडिए । 

‘त्यहाँ गएपछि पहिलो चरणमा आत्मबल बढाउने खालको सहयोग पाएँ, पछि आर्थिक मनोबल बढाउने सामग्री उपलब्ध गराइयो’, अधिकारीले भनिन्,’डिपफ्रिज र केही व्यवसाय गर्ने सामग्री उपलब्ध भयो । त्यसैको सहयोगमा चटपटे, पानीपुरीको व्यापार र किराना पसल सञ्चालन गरिरहेकी छु ।’

त्यसपछि उहाँको दैनिकी फेरिएको छ । समाजका लाञ्छना पन्छाउँदै त्यही व्यापारबाट राम्रो आम्दानीसँगै स्वदेशमै सम्मानपूर्वक जीवनयापन गर्ने आधार बनिरहेको अधिकारले बताइन् । 

सुनसरीबाट अन्तरराष्ट्रिय आप्रवासन दिवस मनाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, काठमाडौँ आएकी उनले आफ्नो प्रगति सुनाउँदै भनिन्,’वैदेशिक रोजगारमा गएर मात्रै समस्या सुल्झिन्न रहेछ । हामीले स्वदेशमै लाज नमानी काम गर्ने हो भने अर्काको देशमा दुःख गर्नु पर्दैन । परिवारसँगै बसेर सम्मानित जीवन बाँच्न सकिने रहेछ ।’

उनीजस्तै, वैदेशिक रोजगारबाट फर्केर स्वदेशमै उद्यमी बनेकी जनकपुरका नन्दु यादवको सङ्घर्ष पनि रोचक छ । कतारमा १८ वर्षसम्म श्रम गरेर फर्किएकी उनले हाल माछा तथा पशुपालन व्यवसाय गरिरहेका छन् । ५६ वर्षीय यादवले आफ्नो अनुभव सुनाउँदै भने, ‘विदेश जानु नराम्रो होइन, सीप सिकेर जाँदा राम्रै हुन्छ । जाँदा सीप सिकेर गइएन भने धेरै दुःख पाइन्छ । होस् गर्नुपर्छ ।’ 

२० वर्षको कलिलो उमेरमा घरको आर्थिक अवस्था सुधार्न रु ७० हजार  ऋण लिएर कतार पुगेका उनले त्यहाँ सोचेजस्तो कमाइ नभएको बताए  । 

‘ऋणको ब्याज तिर्दै विदेशको पैसा सकियो । केही रकम परिवारको आवश्यकता पूर्तिकै काममा सकियो’, यादव भन्छन्, ‘समस्या त घर फर्किएपछि भयो । लगानी गर्न पैसा छैन, के गर्ने, कसो गर्ने भयो । पछि रेमी परियोजनाको सहयोगमा माछा तथा पशुपालन व्यवसाय सुरु गर्दा धेरै राहत भएको छ ।’

यादवका अनुसार हाल उनको फार्ममा अन्य दुई जना युवाले पनि रोजगार पाएका छन् । यसले धेरैपछि कर्म गर्नेलाई स्वदेशमै पनि आम्दानीका विभिन्न अवसर रहेको भन्ने महसुस भएको यादवले सुनाए । रासस

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  २ : ४० बजे

मिर्चैया अस्पतालको पुरानो भवनबाट नगरपालिकाको सेवा सुरु

सिरहा– यहाँको मिर्चैया नगरपालिकाले मिर्चैयास्थित अस्पतालको पुरानो भवनबाट औपचारिक रूपमा सेवा

सञ्चारमन्त्रीले भने- निर्वाचन सुनिश्चित भइसकेको छ, अब शङ्का नगर्नुस् 

काठमाडौं–  सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक अनिश्चितताको बाटोबाट

रास्वपाले भन्यो- सभापति छुटेपछि पार्टीको काममा फर्किनुहुनेछ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उच्च अदालत तुलसीपुरको बुटवल इजलासले

चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह

काठमाडौं– ललितपुरको ढोलाहिटीबाट गत मङ्सिर २१ गतेदेखि बेपत्ता १६ वर्षीय

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन)