घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा हेर्न पाइने « Khabarhub

घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा हेर्न पाइने


४ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– घर निर्माण फेस्टको आकर्षणका रूपमा विश्वकै सबैभन्दा ठूलो आकारको इट्टा तयार पारिएको छ । जसलाई ‘गिनिज बुक अफ वल्र्ड’ रेकर्डमा समावेश गर्ने तयारी गरिएको  छ ।

यसअघि सन् २००७ जुलाई ४ मा अमेरिकाको टेक्सासमा लम्बाइ २.९४ मिटर (९ फिट  ८ इन्च) र उचाइ तथा चौडाइ ०.९९ मिटर (३ फिट ३ इन्च) रहेको इट्टा निर्माण भएको थियो  । 

यही आकारलाई अझै ठूलो बनाउने उद्देश्यले कीर्तिमान कायम राख्ने गरी इट्टा निर्माण गरिएको हो । यही पुस १२ देखि १५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने प्रदर्शनीमा ४० हजार बढी दर्शकले सहभागिता जनाउने आयोजकले जनाएको छ ।
 
घर निर्माण फेस्टमा प्रदर्शन गरिने विश्वकै ठूलो इट्टा पूर्ण रूपमा नेपाली कच्चा पदार्थ, नेपाली  कालीगढको सीप र नेपाली प्रविधि–सोचको प्रयोगबाट तयार गरिएको हो ।

यस परियोजनामार्फत नेपालले आफ्नो निर्माण कला र नवप्रवर्तन क्षमता विश्वसामु प्रस्तुत  गर्ने अवसर पाउने आयोजकको दाबी छ ।

‘जे गर्छौँ नेपालमै गर्छौँ’ भन्ने नारासहित चार दिनसम्म हुने प्रदर्शनीमा २ सय करोड बढीको आर्थिक कारोबार हुने अपेक्षा छ । निर्माण सम्बन्धी नेपालको सबैभन्दा ठूलो यो फेस्टमा कुनै  पनि निर्माणको तयारी देखि निर्माण सम्पन्न नहुँदा सम्मका सबै चरणहरूको प्रत्यक्ष प्रदर्शनी गरिने जनाइएको छ । 

फेस्टमा अवलोकनकर्ताले आफ्ना घर निर्माणसम्बन्धी जिज्ञासा, निर्माण सामग्रीका छनोट, डिजाइन, लागत, गुणस्तर तथा आधुनिक प्रविधिबारे विशेषज्ञसँग जानकारी लिन सक्नेछन् ।

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  ३ : ५१ बजे

सङ्घीयता नै नागरिकको पहुँचको आधार हो : नेता त्रिपाठी

नवलपरासी (बर्दघाट–सुस्ता–पश्चिम)- जनता प्रगतिशील पार्टी (जप्रपा) नेपालका अध्यक्ष हृदयेश त्रिपाठीले

रिहा हुन रविले रुपन्देही अदालतमा बुझाए ३ करोड ७४ लाखको बैंक ग्यारेन्टी

काठमाडौं- सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

जेलबाट छुट्नेबित्तिकै रवि : यिनीहरूले अन्याय गरे, हिसाब मिलाउन बाँकी छ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने शुक्रबार अपरान्ह

राजनीतिक अस्थिरताका कारण नेपालको सार्वजनिक खर्च प्रणालीमा गम्भीर समस्या देखियो

काठमाडौं– आर्थिक पत्रकार समाज (सेजन) को आयोजनामा सार्वजनिक खर्चको प्रभावकारिता

खानेपानी मन्त्रालयको जिम्मेवारी पनि श्रममन्त्री भण्डारीलाई

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले खानेपानी मन्त्रालयको जिम्मेवारी श्रम, रोजगार तथा