चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह « Khabarhub

चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह


४ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुरको ढोलाहिटीबाट गत मङ्सिर २१ गतेदेखि बेपत्ता १६ वर्षीय साहिल राईको खोजीका लागि परिवारले आग्रह गरेको छ । 

उदयपुरको बेलका नगरपालिका—३ घर भई हाल ललितपुरको ढोलाहिटी बस्दै आएका राई हराएको १४ दिनसम्म पनि सम्पर्कमा नआएपछि परिवारले खोजीका लागि आग्रह गरेको हो । 

निजका दाई सलिन राईले खोजीका लागि मङ्सिर २३ गते नै जिल्ला प्रहरी परिसर ललितपुरमा आग्रह गरिएकामा हालसम्म पत्ता नलागेपछि कसैले देखेमा नजिकको प्रहरीलाई खबर गरिदिन वा आफूलाई सम्पर्कका लागि आग्रह गरेका हुन्  ।  

‘मेरो भाई पहिलो पटक यसरी सम्पर्कविहीन भएको हो । ऊ बा प्र ०२ ०५५ प ४७५९ नं को स्कूटरसहित कसैलाई नभनी आफूखुसी हिँडेकामा हालसम्म भेटाउन सकेका छैनौँ’, राईले भने, ‘हामीले आफ्नो स्रोतबाट सबै ठाउँ खोजी गरिरहेका छौँ, कसैले देख्नु वा भेट्नुभएमा नजिकको प्रहरी वा मेरो मोबाइल नं ९७६२४२९८९९ मा सम्पर्क गरिदिन सबैलाई आग्रह छ ।’
 

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  ५ : ४८ बजे

जेनजी आन्दोलनमा घाइते पत्रकार सम्मानित

काठमाडौं – सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारहरूलाई नगदसहित

मधेस प्रदेशका ७२ जना कर्मचारी कारबाहीमा

जनकपुरधाम – मधेस प्रदेश सरकारअन्तर्गत धनुषा जिल्लामा रहेका कार्यालयको छड्के

डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल

ललितपुर – नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री

फेरि पक्राउ परे सेयर कारोबारी दीपेन्द्र अग्रवाल

काठमाडौं- सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ परेका छन् ।