मधेस प्रदेशका ७२ जना कर्मचारी कारबाहीमा « Khabarhub

मधेस प्रदेशका ७२ जना कर्मचारी कारबाहीमा


४ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – मधेस प्रदेश सरकारअन्तर्गत धनुषा जिल्लामा रहेका कार्यालयको छड्के अनुगमन गर्दा दुई जना उपसचिवसहित ७२ जना कर्मचारी अनुपस्थित रहेको भेटिएपछि कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।

मधेस प्रदेशको मुख्यमन्त्री कार्यालयद्वारा जिल्लाको १८ वटा विभिन्न मन्त्रालय तथा कार्यालयको अनुगमन गरेको थियो ।

पूर्वस्वीकृति विना बिदा नलिएको तथा समयमा कार्यालयमा नआएकाले कारबाही प्रक्रिया अगाडि बढाइएको मुख्यमन्त्रीका कार्यालयले जनाएको छ ।

छड्केमा परेकालाई प्रचलित ऐन र कानुन बमोजिम कारबाही हुने तथा उनीहरूलाई पत्राचार भइसकेको मुख्यमन्त्री कार्यालयको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  ८ : ४० बजे

सर्वोच्च अदालतमा साउन ११ देखि नियमति सुनुवाइ हुने

काठमाडौं- सर्वोच्च अदालतमा आगामी साउन १ गतेदेखि ११ गतेसम्म नियमित

गणेश नेपालीको घटना सेलाउन नपाउँदै सर्लाहीमा पनि एक जनाले गरे आत्मदाह

काठमाडौं- मुगुका गणेश नेपालीले त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह गरेको घटना

वर्षायामसँगै अन्नपूर्ण पदमार्गमा पर्यटक घटे

लमजुङ– वर्षायाम सुरु भएसँगै विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकको आगमन घटेको

भीडलाई गणेशका दाइको प्रश्न- ‘हिजो मेरो भाइ जल्दा कहाँ जानुभएको थियो ? किन बचाउनुभएन ?’

काठमाडौं- त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाई आत्मदाहको

महिलालाई आत्मनिर्भर बनाउन ८५ बाख्रा उपहार

गलकोट– बागलुङ नगरपालिका-१३ ढाडा स्वावलम्बी महिला समूहमा आबद्ध गीता परियारले