बागमतीका मुख्यमन्त्री भन्छन्- राज्यले निर्माण व्यवसायीमाथि आतंक बढायो « Khabarhub

बागमतीका मुख्यमन्त्री भन्छन्- राज्यले निर्माण व्यवसायीमाथि आतंक बढायो


४ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले राज्यले निर्माण व्यवसायीमाथि आतंक बढाएको टिप्पणी गरेका छन् ।

‘निर्माण व्यवसायीमाथि अहिले समय समयमा राज्यको आतंक बढेको छ । र, एउटा मानवीय व्यवहार पनि नरहेको अवस्था छ । र कहीँ निर्माण व्यवसायीहरूको आफ्नो त्रुटि होला । कहीँ राज्यको त्रुटी होला,’ उनले भने, ‘दुवै पक्षको त्रुटिलाई सुधार गरेर देश, प्रदेश र स्थानीय तहलाई तीन तहको सरकारले गर्ने कार्य र टेन्डर प्रक्रियालाई व्यवस्थित गरेर लैजानुपर्दछ ।’

शुक्रबार काठमाडौंमा आयोजित वाग्मती प्रदेश निर्माण व्यवसायी महासंघको पाँचौँ वार्षिक साधारणसभामा बानियाँले विकास, निर्माणको कार्यलाई अघि बढाउने नाममा स्टन्टबाजी नगर्न तीनै तहका सरकारलाई सचेत गराए ।

‘देश स्टन्टबाजीले चल्दैन । विधिको शासन र कानुनी राज्य छ देशमा । कानुनलाई परिमार्जन गरौँ । तर, स्टन्टबाजीलाई बन्द गरौँ । निर्माण व्यवसायीहरूले विभिन्न ठाउँमा दुःख पाएको अवस्था छ । कहीँ निर्माण व्यवसायीहरूको कमजोरी होला,’ उनले भने ।

उनले विधि र प्रक्रिया नपुर्‍याई टेन्डर आह्वान गर्ने कामले पनि विकास, निर्माणको कामले गति लिन नसकेको बताए । मुख्यमन्त्री बानियाँले निर्माण व्यवसायीहरूलाई बैंकहरू पनि पछिल्लो समय दुःख दिने गरेको समेत बताए ।

मुख्यमन्त्री बानियाँले प्रधानमन्त्री, मन्त्रीले समेत आफूले काम गरेको देखाउनका लागि गैरकानुनी ढंगले टेन्डर आह्वान गर्नेलगायतका कामहरू गरिरहेको भन्दै आपत्ति जनाए ।

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  ९ : २३ बजे

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको

स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छ : अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारले स्वास्थ्य बिमा कार्यक्रमको

कर्णाली याक्सलाई ‘एभर राइज’को साथ

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने कर्णाली याक्स टोलीका

कैलालीबाट दुई लाख घुससहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ

महेन्द्रनगर – अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले आज कैलालीको

बाजुरामा पहिरोले दुई घर बगायो

बाजुरा – जिल्लाको गौमुल गाउँपालिका-३ कटीगाउँमा आज दिउँसो वर्षासँगै आएको