गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण « Khabarhub

गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण


५ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले नुवाकोटको विदुरमा रहेको केन्द्रीय कारागारको निरीक्षण गरेका छन् । आज कारागारको निरीक्षण गर्दै उहाँले खालि रहेको ब्लकलाई बाल सुधारगृहको रूपमा छिट्टै सञ्चालनमा ल्याउनका लागि आवश्यक व्यवस्था गरिने बताए ।

मन्त्री अर्यालले कैदीबन्दीको मानवअधिकारको उच्च ख्याल गर्दै कारागारभित्र हुने हरेक गतिविधि कानुनी र मानवअधिकारका दृष्टिकोणले मर्यादित हुनुपर्नेमा ख्याल गर्न कारागार प्रशासनलाई निर्देशन दिएको उनका प्रेस संयोजक पुरुषोत्तम खत्रीले जानकारी दिए ।

उनले कैदीको दैनिक खाना, बस्ने व्यवस्था र अन्य सेवा सुविधाबारे चासो राख्दै कमजोरी भए सुधार गर्न कारागार प्रशासनको ध्यानाकर्षण गराए । त्यसक्रममा कैदीबन्दीका आफन्तले कारागारसम्म पुग्ने सडक पूर्वाधार निकै कमजोर भएको ध्यानाकर्षण गराएका थिए । जवाफमा मन्त्री अर्यालले सडक पूर्वाधार छिट्टै सुधारका लागि सहजीकरण गर्ने प्रतिबद्धता जनाएको उनको सचिवालयले जनाएको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को यही पुस ३ गते बसेको बैठकले हाल देशका विभिन्न बाल सुधारगृहमा रहेका र अवधि बाँकी भएका १८ वर्ष माथिका बालबिज्याइँकर्तालाई राख्न केद्रीय कारागारमा खाली रहेको एउटा ब्लकलाई सञ्चालनमा ल्याउन स्वीकृति प्रदान गरेको थियो ।

उक्त ब्लकमा बढीमा पाँच सय जना बालबिज्याइँकर्तालाई राख्न सकिने जनाइएको छ । हाल देशभर आठ वटा सुधारगृह रहेका छन् । तीमध्ये चार वटा युसेफ नेपाल नामक गैरसरकारी संस्थाको व्यवस्थापनमा सञ्चालनमा छन् ।

प्रकाशित मिति : ५ पुस २०८२, शनिबार  ९ : ५८ बजे

‘परान’ले पूरा गर्यो प्रदर्शनको ५१औँ दिन

कामठाडौं – नेपाली चलचित्र ‘परान’ ले प्रदर्शनको ५१औँ दिन पूरा

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले नुवाकोटको विदुरमा रहेको केन्द्रीय कारागारको

कीर्तिमानी डा. उपाध्यायलाई नवौं मानार्थ विद्यावारिधी

काठमाडौं – विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई

विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ : नेता सिंह

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री प्रकाशमान सिंहले १५औँ