भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण « Khabarhub

भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण


६ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

भोजपुर– टेम्केमैयुङ गाउँपालिका-९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण थालिएको बौद्धस्तूप सम्पन्न भएको छ । धार्मिक पर्यटन प्रवर्द्धन गरी धार्मिक सहिष्णुता अभिवृद्धि गर्ने लक्ष्यसहित बौद्धस्तूप निर्माण गरिएको हो ।

सङ्घीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त रु २७ लाख बजेटमा स्तूप निर्माण गरिएको टेम्केमैयुङ-९ लेखर्कका वडाध्यक्ष नवराज माङ्पाहाङ्गले जानकारी दिए । काठमाडौँस्थित बौद्धनाथ स्तूपको शैली र आकारलाई आधार मानेर बौद्धस्तूप निर्माण गरिएको हो । 

खोलुखुम्बु क्षेत्रबाट दक्ष कालीगढ ल्याएर काम सम्पन्न गरिएको वडाध्यक्ष माङ्पाहाङ्गले बताए । यस क्षेत्रमा रहेका पर्यटकीय गन्तव्यको प्रवर्द्धनका साथै बौद्ध धर्मावलम्बी समुदायलाई लक्षित गरी स्तूप निर्माण गरिएको उनको भनाइ छ । 

‘धार्मिक तथा प्राकृतिक सम्भावना भएकाले पर्यटन प्रवर्द्धन गर्दै स्थानीयको आयस्तरमा सुधार गर्न सकिन्छ भन्ने उद्देश्यले राखी स्तूप निर्माण गरेका हौँ’, वडाध्यक्ष माङ्पाहाङ्गले भने, ‘पाँचधारे प्राकृतिक, धार्मिक र पर्यटकीय हिसाबले प्रचुर सम्भावना भएको क्षेत्र हो । स्तूप निर्माणले यहाँको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने हामीले विश्वास लिएका छौँ ।’

पाँचधारेलाई समग्र धार्मिक गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित ‘पाँच धाम’ निर्माणको अवधारणा अघि सारेर काम भइरहेको वडाध्यक्ष माङ्पाहाङले जानकारी दिए । 

उनका अनुसार स्तूपसँगै यहाँ सिँढीसहित पदमार्गसमेत निर्माण गरिएको छ । चालु आर्थिक वर्षभित्र प्रदेश सरकारबाट प्राप्त रु तीन लाख बजेटमा अर्को सानो स्तूपसमेत निर्माण गर्ने योजना रहेको उनले बताए ।

निर्माण भएको स्तूप २६ फिट लम्बाइ, २६ फिट चौडाइ र २१ फिट उचाइको रहेको उपभोक्ता समितिका अध्यक्ष विनोदकुमार राईले जानकारी दिए । वडाको पहलमा निर्माण भइरहेका भौतिक संरचनाले पाँचधारे क्षेत्रको पर्यटन विकासमा महत्त्वपूर्ण योगदान पुग्ने उनको भनाइ छ ।

टेम्केमैयुङ गाउँपालिकाभित्र रहेका पर्यटकीय क्षेत्रको योजनाबद्ध विकासमा जोड दिइएको गाउँपालिकाका उपाध्यक्ष रमादेवी राईले बताइन् । गाउँपालिकाले कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर विकासका कार्यक्रम सञ्चालन गरिरहेको उनको भनाइ छ ।

‘टेम्केमैयुङ गाउँपालिका कृषि र पर्यटन दुवै दृष्टिले प्रशस्त सम्भावना रहेको क्षेत्र हो’, उपाध्यक्ष राईले भनिन्, ‘स्थानीयवासीको जीविकोपार्जनसँग कृषि र पर्यटनलाई जोड्ने हाम्रो लक्ष्य छ ।’ रासस

प्रकाशित मिति : ६ पुस २०८२, आइतबार  ४ : ०९ बजे

मध्यपूर्व युद्धले विश्व अर्थतन्त्रमा ठूलो असर

बर्लिन– हालै अन्तर्राष्ट्रिय मुद्रा कोषले विश्व अर्थतन्त्रको वृद्धिदर घट्ने चेतावनी

गोरखा–जितगढी एकीकरण पदयात्रा

दमौली– नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु भएको छ । पृथ्वीनारायण

रास्वपा संसदीय दलको बैठक बस्दै, उपसभामुख निर्वाचन मुख्य एजेन्डा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज

घरपझोङ ठिनीमा स्याउ चिस्यान गृह निर्माण

मुस्ताङ– घरपझोङ गाउँपालिका–५ ठिनीमा स्याउ संकलन तथा चिस्यान गृह निर्माण

आइतबार अस्पतालको ओपीडी सेवा सञ्चालन गर्न सरकारको निर्देशन

काठमाडौँ– सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरे