काठमाडौं – यु-१९ एसिया कप क्रिकेटको उपाधि पाकिस्तानले जितेको छ। दुबईको आईसीसी एकेडेमी मैदानमा आइतबार भएको फाइनल खेलमा बलियो प्रतिद्वन्द्वी भारतलाई एक सय ९१ रनले हराउँदै पाकिस्तान च्याम्पियन बनेको हो।
खेलमा पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा तीन सय ४८ रनको लक्ष्य प्रस्तुत गरेको थियो। पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३४७ रनको बनाएको थियो। उसका लागि समिर मिन्हासले ११३ बलमा १७२ रन बनाउँदै भारतविरुद्ध सर्वाधिक रन बनाउने खेलाडीको कीर्तिमान नै बनाए। उसका लागि अहमद हुसैनले ५६ रन बनाएका थिए। भारतका लागि दिपेन्द्र देवेन्द्रनले तीन विकेट हात पार्दा खिलन पटेल र हेनिल पटेलले दुईदुई विकेट लिएका थिए।
३४८ रनको लक्ष्य पछ्याएको भारत २६.२ ओभरमा सबै विकेटको क्षतिमा एक सय ५६ रनमा समेटिएको थियो।

नेपाललेसमेत भाग लिएको यस प्रतियोगितामा नेपाल जितबिहिन बन्दै समूह चरणबाट बाहिरिएको थियो। आठ टिम सहभागी प्रतियोगिताको समूहचरणबाटै यूएई, अफगानिस्तान, नेपाल र मलेसिया भने बाहिरिएका थिए।













प्रतिक्रिया