पाँच महिनाको आयात पौने ८ खर्ब नजिक पुग्यो, निर्यात पनि ५८ प्रतिशतले बढ्यो « Khabarhub

पाँच महिनाको आयात पौने ८ खर्ब नजिक पुग्यो, निर्यात पनि ५८ प्रतिशतले बढ्यो


७ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा नेपालमा ७ खर्ब ६६ अर्ब १८ करोड ९१ लख ९२ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ । जुन आयात गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.८३ प्रतिशतले धेरै हो । 

भन्सार विभागका अनुसार गत आर्थिक वर्षको सो अवधिमा नेपालमा ६ खर्ब ६१ अर्ब ४८ करोड ८५ लाख ९४ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

त्यस्तै समीक्षा अवधिमा नेपालबाट १ खर्ब १६ अर्ब ५० करोड ९० लाख ३६ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । सो निर्यात गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५८.१७ प्रतिशतले धेरै हो । 

गत आर्थिक वर्षको सोही अवधिमा नेपालबाट जम्मा ७३ अर्ब ६५ करोड ९७ लाख ७१ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो ।

आयात र निर्यात दुवै वस्तुमा सोयाबिन अगाडि

चालु आर्थिक वर्षको पाँच महिनामा नेपालमा आयात हुने र नेपालबाट निर्यात हुने वस्तुको शीर्ष स्थानमा सोयाबिन तेलको कच्चा पदार्थ रहेको छ । 

समीक्षा अवधिमा ४६ अर्ब ९७ करोड १ लाख ४८ हजार रुपैयाँको सोयाबिन तेलको कच्चा पदार्थ आयात भएको छ भने सो अवधिमा नेपालबाट ४६ अर्ब ५५ करोड ८६ लाख ६६ हजार रुपैयाँ बराबरको सोयाबिन तेल र त्यसको कच्चापदार्थ नेपालबाट निर्यात भएको विभागले जनाएको छ ।

समीक्षा अवधिमा नेपालमा ४५ अर्ब ६० करोड ६२ लाख ११ हजार रुपैयाँको डिजेल, २७ अर्ब ३३ करोड २ लाख १४ हजार रुपैयाँ बराबरको पेट्रोल र २२ अर्ब ३९ करोड ४६ लाख ६३ हजार रुपैयाँ बराबरको खाना पकाउने एलपी ग्यास आयात भएको छ ।

त्यस्तै, समीक्षा अवधिमा नेपालबाट ५ अर्ब ५३ करोड ३२ लाख ४९ हजार रुपैयाँ बराबरको ठूलो अलैँची, कार्पेट तथा टेक्सटाइल ४ अर्ब १३ करोड ४६ लाख ६० हजार रुपैयाँ बराबरको र सुर्यमुखी तेलको दाना तथा साफलोर तेल ३ अर्ब ७३ करोड ६८ लाख २३ हजार रुपैयाँ बराबरको निर्यात भएको छ ।

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  ५ : ०३ बजे

नेपालमै बन्यो विद्युतीय स्कुटर ‘यात्री पीटू’ : विश्व बजारमा प्रतिस्पर्धा गर्न अर्थमन्त्रीको सुझाव

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै बनेका विद्युतीय सवारीको

जाजरकोट पहिरो: १० घाइते, तीन जना बेपत्ता

जाजरकोट – अविरल वर्षापछि आएको पहिरोले घर तथा टहरा भत्किँदा

निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्नेमा जोड

काठमाडौँ– मुलुकमा उत्पादित बिजुलीको बजार विस्तार गर्न निजी क्षेत्रलाई यसमा

महिलालाई आत्मनिर्भर बनाउन बङ्गुरपालनमा अनुदान

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाका महिला व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित भएका पाइएको

 बाढीपहिरोले देशका विभिन्न सडक अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका गएको बाढीपहिरोले विभिन्न