मोबाइल फोन धेरै तात्तिन्छ ? यस्ता छन् उपायहरु | Khabarhub Khabarhub

मोबाइल फोन धेरै तात्तिन्छ ? यस्ता छन् उपायहरु


६ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सूचना प्रविधिको विकाससँगै अहिलेको समयमा मोबाइल फोनको प्रयोगकर्ताको संख्या हरेक दिन बढिरहेको छ । एक हिसाबले भन्ने हो भने स्मार्ट फोन नबोक्ने सायदै कम हुन्छन् । सबैको हात हातमा स्मार्ट फोन देख्न सकिन्छ ।

स्मार्ट फोनले मानिसको दैनिकी पनि सहज बनाएको छ । फोनमा कुराकानी गर्न मात्र नभएर बिभिन्न एप्सहरुको माध्मयबाट धेरै कुराहरुमा सहजता भएको छ ।

तर स्मार्ट फोन लामो समय चलाउँदा तात्ने समस्याबाट प्रयोगकर्ता हैरान हुने गरेका छन् । महंगो मूल्यमा खरिद गरिएको मोबाइलसमेत तात्ने गरेका छन् । त्यसबाट बच्नका लागि केही उपायहरु रहेका छन् ।

कभर नराख्ने

स्मार्टफोन प्रयोगकर्ताले फोनको सुरक्षाका लागि कभर राख्ने गरेका छन् । गर्मीको मौसममा घाममा हिड्नु परेमा फोनको कभर झिकेर बोक्ने । कभरले फोनमा अतिरक्त हावा र्छिनबाट रोक्छ र फोन छिटै तातिन्छ ।

डिभाइसहरुलाई छुट्टै राख्ने

गर्मीको समयमा तपाईसँग दुईवटा डिभाइस छ भने त्यसलाईसँगै राख्नु हुँदैन । दुई डिभाइसलाई एकै स्थानमा राखिएमा एकअर्काको सम्पर्कमा तापक्रम छिटो बढ्छ । धेरै मानिसहरुले ब्याअप र मोबाइलसँग राख्ने गरेका छन् । यस्तो गरिमा पनि मोबाइबल फोन सेलाउन पाउँदैन ।

एप्स र सर्भिस बन्द गर्ने

यदि फोनको ब्लूटूथ, एलटीई, वाई–फाई र जिपिएस प्रयोग नभएको अवस्थामा बन्द गर्ने । यी एप्स र सर्भिस खुल्लै राखिएमा फोनको सिस्टम चल्ने भएकाले फोन छिटै तात्छ ।

घाममा फोन नचालउने

घाममा बसेर फोन चलाउँदा फोन छिटै तात्छ । त्यसैले घामको प्रत्यक्ष सम्र्पक आउने स्थानमा सकभर फोनको प्रयोग कम गर्ने ।

चार्चबाट झिक्ने बित्तिकै नचलाउने फोन चार्च गर्दा फोन तात्छ । त्यसैले, चार्चबाट झिक्ने बित्तिकै फोनको प्रयोग गर्दा झनै छिटो तात्छ ।

गेम धेरै नखेल्ने

अन्य कार्यको तुलनामा फोनमा गेम खेल्दा फोन छिटै तात्छ । भिडियो हेर्दा, गीत सुन्दा भन्दा गेम खेल्दा फोनको तापक्रम बढ्नेका साथै ब्याट्री पनि छिटो सकिन्छ ।

लामो समय खल्तीमा नराख्ने

हामीमध्ये धेरैको फोन खल्तीमा राख्ने गरेका छौं । घर वा अफिसमा बस्दा फोन खुल्ला ठाउँमा राख्नुपर्छ । फोन खल्तीमा राख्दा शरिरको तापक्रम फोनको सम्पर्कमा आउँछ । जसका कारण फोन सेलाउन पाउँदैन ।

चार्जरको प्रयोग

तपाईंको चार्जर केबल र एडप्टर डुप्लिकेट छ भने पनि मोबाइलो ब्याट्रीलाई अत्याधिक तताउँदछ। त्यसैले सकेसम्म डुप्लिकेट केवलको प्रयोग नगर्दै उचित हुन्छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार  ६ : ३० बजे

कमलपोखरीस्थित मःम पसलमा सिलिण्डर विस्फोट, ११ जना घाइते, दुईको अवस्था गम्भीर

काठमाडौं– काठमाडौंको कमलपोखरीस्थित सानदार मःम पसलमा ग्याँस सिलिण्डर विष्फोट हुँदा

धनगढीको नोभा अस्पतालमा बिरामी कुर्न बसेका युवक मृत फेला 

धनगढी- कैलालीको धनगढीस्थित नोभा अस्पतालको शौचालयमा एक युवक मृत अवस्थामा

मानवसेवा आश्रम भवन निर्माणका लागि श्रीमद्भागवत महायज्ञको आयोजना 

कैलाली– कैलालीको धनगढी स्थित मानवसेवा आश्रमले आफ्नै भवन निर्माण गर्नका

भक्तपुर पुगेर बेलायतका अधिराजकुमारले काठमा बुट्टा खोप्न थालेपछि…

भक्तपुर– भक्तपुरको सरस्वती स्कुल अगाडिको गल्लीमा परम्परागत शैलीमा रहेको नेपाल

८२ मेगावाट क्षमताको तल्लो सोलु हाइड्रो निर्माण अन्तिम चरणमा

सोलुखुम्बु- सोलुखुम्बुको तिङ्ला क्षेत्रमा निर्माणाधीन ८२ मेगावाट क्षमताको तल्लो सोलुखोला