धनगढीको नोभा अस्पतालमा बिरामी कुर्न बसेका युवक मृत फेला  « Khabarhub

धनगढीको नोभा अस्पतालमा बिरामी कुर्न बसेका युवक मृत फेला 


२४ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

धनगढी- कैलालीको धनगढीस्थित नोभा अस्पतालको शौचालयमा एक युवक मृत अवस्थामा फेला परेका छन् ।

कञ्चनपुरको बेदकोट नगरपालिका– ६ सिसैयाका २५ वर्षीय रविन्द्र राना आज बिहान साढे २ बजे मृत फेला परेको कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले जानकारी दिए ।

उनका अनुसार मृतक राना आफ्नो बिरामी भतिजाको कुरुवाका रूपमा अस्पतालमा बसेका थिए ।

डीएसपी बोहराले भने, ‘राना राति करिब २ बजेतिर शौचालय गएका थिए । लामो समयसम्म नफर्किएपछि अस्पतालका सुरक्षा गार्डले ढोका खोलेर हेर्दा उनी मृत अवस्थामा फेला परेका थिए ।’

हाल मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । प्रहरीले घटनाको विस्तृत अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : २४ माघ २०८१, बिहीबार  १० : १९ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा