मधेस प्रदेश प्रमुखसमक्ष वार्षिक प्रतिवेदन पेस « Khabarhub

मधेस प्रदेश प्रमुखसमक्ष वार्षिक प्रतिवेदन पेस


८ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– राष्ट्रिय दलित आयोगद्वारा आज मधेस प्रदेशप्रमुख समक्ष पाँचौँ वार्षिक प्रतिवेदन पेस गरेका छन् ।

मधेस प्रदेशका प्रमुखको कार्यालय जनकपुरधामस्थित आज एक कार्यक्रमबीच राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८१-८२ मा सम्पादन गरेका कामकारबाही समेटिएको पाँचौँ वार्षिक प्रतिवेदन मधेस प्रदेशप्रमुख सुरेन्द्र लाभ कर्णसमक्ष पेस गरिएको हो ।

आयोगका अध्यक्ष देवराज विश्वकर्माले नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम प्रतिवेदन पेस गरे ।

प्रतिवेदनमा दलित समुदायको हकहित, संरक्षण, सशक्तीकरण तथा आयोगले वर्षभरि सञ्चालन गरेका कार्यक्रम, अनुसन्धान, अनुगमन र सिफारिस समेटिएको छ ।

प्रतिवेदन ग्रहण गर्दै प्रदेशप्रमुख कर्णले संविधानले प्रत्याभूत गरेका समानता र सामाजिक न्यायका अधिकार व्यवहारमा कार्यान्वयन गर्न आयोगको भूमिकालाई अझ प्रभावकारी बनाउनुपर्ने बताए ।
 

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  ६ : ०९ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना