काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु « Khabarhub

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु


८ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा पहिरो जाँदा एक जनाको मृत्यु भएको छ ।

उद्योगमा एस्काभेटरले खन्ने क्रममा पहिरो जाँदा काभ्रेको खानीखोला २ घर भई पनौती नगरपालिका–९ बस्ने अपरेटर ३४ वर्षीय रामबहादुर तिमल्सिनाको घटनास्थलमै मृत्यु भएको हो ।

पहिरोमा परेर घाइते भएका पनौती नगरपालिका(१२ का ३५ वर्षीय ईश्वर गुरुङको भने उपचार जारी छ । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  ९ : ४० बजे

फेसबुक म्यासेन्जरमा प्राविधिक समस्या

काठमाडौं – मेटा कम्पनीअन्तर्गत सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म फेसबुक म्यासेन्जरमा

होर्मुज सङ्कटले विश्व अर्थतन्त्रमा जोखिम बढाउने चेतावनी

मनिला – संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले होर्मुज जलसन्धिमा

घरायसी विवादमा श्रीमतीको हत्या, आत्महत्या प्रयास गरेका श्रीमानको पनि मृत्यु

भद्रपुर– झापाको दमकमा घरायसी विवादका क्रममा श्रीमानको खुकुरी प्रहारबाट गम्भीर

‘कांग्रेसका पाँच पुस्तालाई मिलाएर लैजाने दायित्व गगन थापाको हो’

काठमाडौं- नेपाली कांग्रेसभित्र पछिल्लो समय चुलिएको आन्तरिक असन्तुष्टि र सम्भावित