श्रीलंकाविरुद्ध भारतको लगातार दोस्रो जित : सेफालीको अर्धशतक « Khabarhub

श्रीलंकाविरुद्ध भारतको लगातार दोस्रो जित : सेफालीको अर्धशतक


९ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतले महिला टी-२० सिरिजमा श्रीलंकामाथि लगातार दोस्रो जित निकालेको छ।

दोस्रो खेलमा मंगलबार भारतले श्रीलंकामाथि ७ विकेटको जित निकालेको हो। यो जितसँगै भारत पाँच खेलको शृंखलामा २–० ले अगाडि छ।

श्रीलंकाले दिएको १२९ रनको लक्ष्य भारतले ११ ओभर ५ बलमा तीन विकेटको क्षतिमा भेट्टाएको हो। भारतको जितमा सेफाली वर्माले अर्धशतक बनाइन्।
सेफालीले ३४ बलमा ११ चौका १ छक्कासहित अविजित ६९ रन बनाएकी हुन्।

सुरुमा ब्याटिङ गरेको श्रीलंकाले‌ ९ विकेट गुमाउँदै १२८ रन बनाएको थियो। श्रीलंकाको ब्याटिङलाई भारतका स्पिनरले नियन्त्रणमा राखेका थिए।

वैष्णवी शर्मा र एन श्री चरानीले समान दुई विकेट लिए। पाँच खेलको सिरिजका बाँकी खेल थिरुवनन्तपुरममा हुनेछन्।

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  ६ : ४२ बजे

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा

कोरला नाकाबाट ५४३ टन फलफूल आयात

मुस्ताङ– चीनबाट एघार दिनको अवधिमा पाँच सय ४३ टन फलफूल

एन्फा नेतृत्वविरुद्ध ९३ लाखको भ्रष्टाचार र खेल मिलेमतो मुद्दा दायर

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) का वर्तमान नेतृत्वविरुद्ध ९३

कांग्रेस महाधिवेशन : खुलामञ्चमा पनि मतदान जारी

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि काठमाडौंको खुलामञ्चस्थित

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

दाङ- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुसम्बन्धी रोगको परीक्षण तथा उपचारका लागि