श्रीलंकाविरुद्ध भारतको लगातार दोस्रो जित : सेफालीको अर्धशतक « Khabarhub

श्रीलंकाविरुद्ध भारतको लगातार दोस्रो जित : सेफालीको अर्धशतक


९ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतले महिला टी-२० सिरिजमा श्रीलंकामाथि लगातार दोस्रो जित निकालेको छ।

दोस्रो खेलमा मंगलबार भारतले श्रीलंकामाथि ७ विकेटको जित निकालेको हो। यो जितसँगै भारत पाँच खेलको शृंखलामा २–० ले अगाडि छ।

श्रीलंकाले दिएको १२९ रनको लक्ष्य भारतले ११ ओभर ५ बलमा तीन विकेटको क्षतिमा भेट्टाएको हो। भारतको जितमा सेफाली वर्माले अर्धशतक बनाइन्।
सेफालीले ३४ बलमा ११ चौका १ छक्कासहित अविजित ६९ रन बनाएकी हुन्।

सुरुमा ब्याटिङ गरेको श्रीलंकाले‌ ९ विकेट गुमाउँदै १२८ रन बनाएको थियो। श्रीलंकाको ब्याटिङलाई भारतका स्पिनरले नियन्त्रणमा राखेका थिए।

वैष्णवी शर्मा र एन श्री चरानीले समान दुई विकेट लिए। पाँच खेलको सिरिजका बाँकी खेल थिरुवनन्तपुरममा हुनेछन्।

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  ६ : ४२ बजे

बंगलादेशको अस्थिर राजनीति नेपाल सर्दै, रोकिएन सडकको गर्जन

काठमाडौं – न्युयोर्क टाइम्सले सन् २०२१ देखि जेन–जी शब्दको प्रयोग

धुलिखेल–खावा सडकको काम धमाधम (तस्बिरहरू)

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक खण्डको रोकिएको स्तरोन्नति पुनः

गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग

म्याग्दी- म्याग्दीको मालिका गाउँपालिका–७ बिमका किसान भूपेन्द्र शर्माले गाईभैँसीको गहुँतबाट

भूराजनीतिका नाममा शंकर पोखरेल चिप्लिएपछि…

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेल भूराजनीतिका नाममा चिप्लिएका

एकैपटक ११२ आयोजनाका लागि ठेक्का आह्वान

खोटाङ– भौतिक पूर्वाधार कार्यालय खोटङले ११२ आयोजनाका लागि ठेक्का आह्वान