बिरुवा संरक्षण गर्दै ‘पौवादुङमा’ « Khabarhub

बिरुवा संरक्षण गर्दै ‘पौवादुङमा’


९ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले पर्यटकीय क्षेत्र च्याङ्ग्रेमा रोपिएका बिरुवाको संरक्षण थालेको छ ।

हिउँदयाममा पानीको अभावका कारण बिरुवा सुक्ने जोखिम बढेपछि गाउँपालिकाले नियमित सिँचाइ, हेरचाह तथा संरक्षणका कार्यक्रम सुरु गरेको हो ।

च्याङ्ग्रे पोखरी तथा पौवादुङमा रङ्गशालाको आसपास क्षेत्रमा रोपिएका बिरुवालाई खडेरीबाट जोगाउन पानी व्यवस्थापन, मलजल, घेराबार तथा निगरानीका काम भइरहेका छन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईका अनुसार रोपिएका बिरुवाको दीर्घकालीन संरक्षणलाई प्राथमिकतामा राखिएको छ ।

‘च्याङ्ग्रे क्षेत्रलाई व्यवस्थित र आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित काम गरिरहेका छौँ’, उनले भने, ‘साउन–भदौमा रोपिएका बिरुवा हिउँदमा मर्ने सम्भावना रहेकाले संरक्षणमा विशेष ध्यान दिएका हौँ ।’

आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै गाउँपालिका र डिभिजन वन कार्यालयको साझेदारीमा च्याङ्ग्रे क्षेत्रमा विभिन्न जातका गुँरास, धुपी, कल्कीलगायतका विभिन्न प्रजातिका बिरुवा रोपण गरिएको थियो । रोपिएका बिरुवाको संरक्षणका लागि हेरालुसमेत व्यवस्था गरिएको छ ।

हरियाली प्रवर्द्धनसँगै वातावरणीय सन्तुलन कायम राख्दै, भूक्षय नियन्त्रण र पर्यटन प्रवर्द्धन गर्ने यस कार्यक्रमको उद्देश्य रहेको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए ।

च्याङग्रे क्षेत्र प्राकृतिक सौन्दर्य, पोखरी, खुला खेलमैदान र मनोरम दृश्यका कारण पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ ।

गाउँपालिकाले आगामी दिनमा थप वृक्षरोपण, पदमार्ग सुधार, विश्रामस्थल निर्माण तथा अन्य पूर्वाधार विकासका कामलाई निरन्तरता दिने योजना बनाएको जनाएको छ । (रासस)

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  ११ : ३५ बजे

गगनमाथि खनिए इतरका नेता, सम्मानजनक एकता नभए नयाँ पार्टी खोल्ने घोषणा

काठमाडौं- नेपाली कांग्रेस इतर पक्षका नेताहरूले पार्टीको आन्तरिक एकताका लागि

भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथि दबाब

नयाँ दिल्ली- सामाजिक सञ्जालमा सुरु भएको व्यङ्ग्यात्मक अभियान अहिले भारतको

मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापा काठमाडौँको रानीवनस्थित मानव सेवा आश्रम

बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने महिलाको सङ्ख्या बढ्दै

नेपालगञ्ज- बाँकेको दुर्गम क्षेत्र मानिने नरैनापुर गाउँपालिकामा बर्थिङ सेन्टरमार्फत सुरक्षित सुत्केरी

स्थानीय उत्पादनको ब्रान्डिङ, कोदो र फापरको पिठो बजारमा

बागलुङ– बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीस्थित आदानप्रदान कृषि सहकारी संस्था लिमिटेड