सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर « Khabarhub

सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर


९ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

धौलागिरि– म्याग्दीको बेनी नगरपालिका–३, मरेककी एकल महिला कर्णकुमारी पुर्जा पुनले गत वर्षको सुन्तला बेचेर थाल्नुभएको पक्की घर निर्माण यस वर्षको सुन्तला बिक्रीसँगै सम्पन्न हुँदैछ ।  

उमेरले ७२ वर्ष पुगेकी कर्णकुमारीले गत वर्ष सुन्तला बेचेर कमाएको १५ लाखसहित आफूसँग बचत रहेको केही रकम खर्चिएर बनाउँदै गरेको ढलान घरमा रङरोगन भइरहेको छ । यस वर्ष उनको बारीमा १० लाखभन्दा बढीको सुन्तला फलेको छ । 

कर्णकुमारीले फलाएको सुन्तलाको दुई वर्षको कमाइबाट घर ठडिन्छ । सुन्तलाबाट पर्याप्त आम्दानी हुन थालेपछि उनको पहिलो रोजाइमा घर निर्माण परेको हो । यसअघि उहाँको कच्ची घर जीर्ण अवस्थामा रहेको थियो । 

श्रीमानको निधनपछि जोत्ने हलगोरू र काम गर्ने खेताला खोज्न झन्झट लागेर सुन्तलाखेती गरेकी कर्णकुमारीको बगैचा अहिले पहेँलपुर छ । मकै, कोदो, गहुँजस्ता परम्परागत खेतीबाली लगाउन छाडेर करिब २० वर्ष अगाडि सुन्तलाका केही थान बिरूवा ल्याएर खेती थालेकी कर्णकुमारीले पहिलो उत्पादन बेचेर रु एक हजार ६०० कमाएकी थिइन् । सुन्तलाबाट रु एक सय, रु एक हजार हुँदै रु १५ लाखसम्म  बुझेकी छन् । अहिले कर्णकुमारीको १० रोपनी क्षेत्रफलमा सुन्तला बगैँचा फैलिएको छ ।

कुनै वर्ष रोगले सुन्तला सखाप हुँदा निराश भए पनि हरेस नखाएकी कर्णकुमारीको दैनिकी सुन्तला बगैँचामै बित्ने गरेको छ । 

‘आफ्ना सन्ततिलाई जस्तै गरी सुन्तलाको बोटलाई स्याहार गर्छु, मलाई खुसी दिने यही सुन्तलाका बोट बनेका छन्, बूढेसकालमा पनि मेरो दैनिकी सुन्तलासँगै चलेको छ’, उनले भनिन्। गत वर्षको तुलनामा कम फले पनि उत्पादनबाट सन्तुष्ट रहेको कर्णकुमारी बताउँछिन्। 

रोजगारीको सिलसिलामा अफगानिस्तान पुगेका श्रीमान्को २०६७ सालमा आतंककारीको आक्रमणबाट निधन भएपछि घर व्यवहार धान्न हम्मेहम्मे परेको कर्णकुमारीले बताइन्। सुन्तलाले दैनिकी सहज बनाएको उनको भनाइ छ । सुन्तलाको कमाइले छोरीहरूको शिक्षादीक्षा, विवाहलगायतका घरायसी खर्चसँगै बचतसमेत गरेको कर्णकुमारीले बताइन्। 

‘आफ्नो संसार उजाडिएपछि मलाई बाँच्न सुन्तलाले सिकाएको छ, सुन्तलाले आर्थिक रुपमा बलियो बनाएको छ’, कर्णकुमारीले भनिन्। 

सुन्तलाखेती बूढेसकालको सहारा बनेको छ । घरखर्च चलाउन श्रीमान्, सन्तानमाथि निर्भर हुनुपर्ने अवस्थाको अन्त्य गर्न फलफूल र तरकारीखेती गरे पुग्ने कर्णकुमारीको सुझाव छ । उनी मरेक गाउँमा सबैभन्दा धेरै सुन्तला फलाउने कृषकको रुपमा चिनिन्छन् । सुन्तला खरिदका लागि आएका व्यापारीले समेत कर्णकुमारीको बगैँचालाई पहिलो रोजाइमा पार्ने गर्दछन् ।
 

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  १ : ३० बजे

लाङटाङ क्षेत्रमा बेपत्ता मुस्ताङ एयरको हेलिकप्टरमा थिए पाँच यात्रु र पाइलट

काठमाडौं– मुस्ताङ हेलिको एउटा हेलिकप्टर शुक्रबार दिउँसो रसुवाको लाङटाङ क्षेत्र

खेलकुदमन्त्रीले भने- खेल क्षेत्रमा हुने अनावश्यक राजनीतिकरणलाई अन्त्य गर्छु

काठमाडौं– नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री

ऊर्जामन्त्री श्रेष्ठले भने- ऊर्जाबाट कोही पनि वञ्चित हुनुपरोस्

काठमाडौं– नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जाबाट कोही पनि

यौनजन्य हिंसा र बलात्कारसम्बन्धी कानुन संशोधन गर्ने नवनियुक्त कानुनमन्त्रीको पहिलो निर्णय

काठमाडौं- नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले शुक्रबार

नवनियुक्त प्रधानमन्त्री शाहलाई एनआरएनको बधाई

काठमाडौं– गैरआवासीय नेपाली सङ्घ (एनआरएन)ले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिएको