धुर्मुस सुन्तलीले एक वर्ष अघि नै अमेरिकामा खोलेका थिए कम्पनी « Khabarhub

धुर्मुस सुन्तलीले एक वर्ष अघि नै अमेरिकामा खोलेका थिए कम्पनी


९ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– केही समयअघि मात्रै ‘एक्स्ट्रा अर्डिनरी ग्रिन कार्ड’ लिएर अमेरिका लागेका कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले एक वर्ष अघि नै अमेरिकामा कम्पनी खोलेको भेटिएको छ । 

उनीहरूले अमेरिका जानुअघि एक वर्ष अघि नै अमेरिकाको फ्लोरिडा राज्यमा अन्य दुई जना व्यक्तिहरूसँग मिलेर सुभिना एलएलसी नामक कम्पनी खोलेको भेटिएको हो ।

फ्लोरिडा राज्यको कम्पनी हेर्ने सरकारी कार्यालयको वेबसाइटमा सन् २०२४ डिसेम्बर १२ मा केदार आचार्य, कुञ्जना घिमिरे र तेज कार्कीको नाममा सुभिना एलएलसी नामको कम्पनी खोलेको कागजात देखिएको छ । तर, प्राप्त कागजातमा कम्पनी के कस्तो भन्ने विषयमा भने खुलाइएको छैन ।

सुटुक्क अमेरिका लागेका कलाकार धुर्मुस अमेरिका पुगिसकेपछि डिसेम्बर १२ मा एक बकपत्र भन्दै सामाजिक सञ्जालमार्फत आफू अमेरिका आउनुको कारण सार्वजनिक गरेका थिए । सो बकपत्रमा उनले आफूहरू छोरीको उपचारको निम्ति अमेरिकामा आएको उल्लेख गरेका थिए ।

चितवनमा धुर्मुस सुन्तली फाउन्डेसनको नामबाट कलाकार कट्टेलले नेतृत्व गरेर निर्माण गर्न लागेको गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणकै क्रममा आवश्यक आर्थिक सहयोग नजुटेर स्थगित भएको विषय भने विवादित रहेको छ । कलाकार कट्टेलले सो निर्माणको क्रममा १८ करोड बढी ऋण भुक्तान गर्न बाँकी रहेको र सो कार्यमा भरतपुर महानगर लगायत सरकार पक्षले सहयोग नगरेको आरोप लगाउँदै आएका छन् ।

तर, उनको फाउन्डेसनले गरेको आय व्ययको हिसाब किताबको पारदर्शितामा पनि धेरैले प्रश्न उठाउँदै आएका छन् ।

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  १ : ४२ बजे

ठगी गरेको आरोपमा एकैपरिवारका तीन जना पक्राउ

जनकपुरधाम– दृष्टिबन्धकमा राखिएको जग्गा बैंकमा राखेर चार करोड ठगी गरेको

सिनामङ्गलबाट साढे तीन मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन

काठमाडौं- ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नारासहित ६८८औँ हप्तामा

ब्राउन सुगरसहित एक जना पक्राउ

झापा– झापाको बिर्तामोडबाट प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित एक जना

मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

जनकपुरधाम– यसवर्ष समयमै वर्षा नहुँदा असारको अन्तिमसम्म मधेस प्रदेशमा करिब

विष्णु पौडेलको रिहापछि अदालतप्रति रास्वपा सांसद यज्ञमणिको आक्रोश– ‘निर्मम समीक्षा गर्ने बेला भयो’

काठमाडौँ– नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष