रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने « Khabarhub

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने


९ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक उम्मेदवार छनोट प्रक्रिया व्यवस्थित बनाउने निर्णय गरेको छ।

 आज बसेको बैठकले पार्टीतर्फबाट समानुपातिक उम्मेदवार हुन आवेदन दिएका तर पौष ५ गते भएको छलफलमा विशेष कारणवश सहभागी हुन नसकेका आकांक्षीहरूलाई पुनः छलफल प्रक्रियामा सहभागी गराउने निर्णय गरेको हो। 

उनीहरूको प्रारम्भिक निर्वाचन बाहेकका छनोट प्रक्रिया सम्पन्न गर्ने जिम्मेवारी प्रवक्ता मनिष झा र सचिवालय सदस्य दीपक बोहोरालाई तोकिएको छ। सो प्रक्रिया पार्टी उपसभापति डा. स्वर्णीम वाग्ले र महामन्त्री कविन्द्र बुर्लाकोटीले आवश्यकताअनुसार अनुगमन गर्नेछन्।

बैठकले प्रवासमा रहेका उम्मेदवार आकांक्षीहरूको मूल्यांकन भर्चुअल माध्यमबाट गर्ने निर्णय पनि गरेको छ। भर्चुअल प्रक्रियाबाट बन्दसूचीमा पर्ने आवेदकहरूलाई २०८२ पौष १४ गते बिहान ९ः०० बजेभित्र पार्टी केन्द्रीय कार्यालयमा उपस्थित हुने गरी व्यवस्था मिलाइनेछ।

उम्मेदवार छनोट समितिको प्रस्ताव र पार्टी उपसभापति डोलप्रसाद अर्याल तथा वाग्लेसँगको सहमतिमा छनोट प्रक्रियामा सहजिकरणका लागि केन्द्रीय समितिका सदस्यहरूलाई सहभागी गराउने निर्णय पनि गरिएको छ।

त्यसैगरी समानुपातिक उम्मेदवार छनोटका लागि हुने प्रारम्भिक निर्वाचनमा मतदान गर्न पाउने सदस्यहरूको मापदण्ड निर्धारण गर्ने जिम्मेवारी उम्मेदवार छनोट समितिको प्रस्तावमा पार्टीको केन्द्रीय निर्वाचन आयोग र सूचना प्रविधि इकाईका प्रतिनिधि सम्मिलित कार्यदललाई दिइएको छ।

बैठकले पार्टीको केन्द्रीय निर्वाचन आयोगको सदस्यमा गोकुल सापकोटा र केन्द्रीय संगठन विभागको सदस्यमा शिवराज पन्तलाई मनोनयन गर्ने निर्णय समेत गरेको छ।

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  ७ : ३४ बजे

पूर्व महान्यायाधिवक्ता संग्रौला भन्छन, ‘पूर्वमन्त्री-प्रधानमन्त्री पक्राउ गर्दा पूर्वजानकारी गराएको भए राम्रो हुन्थ्यो’

काठमाडौं- पूर्व महान्यायाधिवक्ता डा. युवराज संग्रौलाले सरकारले केपी शर्मा ओलीसहितका

‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’को उपाधि जितेर हिमालय चितुवाद्वारा विश्व कीर्तिमान

काठमाडौं– बक्सर अविरल घिमिरेले ‘केवानक्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’को उपाधि चुम्न

शासकीय सुधारका योजना कार्यान्वयनका लागि कानुनमन्त्रीले थालिन् छलफल

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको सरकारले गत शुक्रबारको पहिलो मन्त्रिपरिषद् बैठकबाट

नेकपा संसदीय दलको नेतामा चयन भए प्रचण्ड

काठमाडौं- संयोजक पुष्पकमल दाहाल प्रचण्ड नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय

इजरायलविरुद्ध यमनका हुथी विद्रोहीको क्षेप्यास्त्र आक्रमण, व्यापारमा चिन्ता

साना- पश्चिम एशियामा जारी तनावबीच यमनका हुथी विद्रोहीले इजरायलमाथि क्षेप्यास्त्र