१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड « Khabarhub

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

३९ वर्ष अगाडिको रेकर्ड तोडियो


१० पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९ वर्षअघिको रेकर्ड तोड्दै ३६ बलमा शतक प्रहार गरेका छन् ।

भारतमा जारी विजय हजारे ट्रफीमा बिहारको तर्फबाट खेल्दै उनले यो नयाँ रेकर्ड बनाएका हुन् ।

अरुणाचल प्रदेशविरुद्ध ब्याटिङ गरेका उनले बिहारका लागि ३६ बलमा शतक पूरा गरेका हुन् । यो शतकसँगै लिस्ट–ए क्रिकेटमा कम उमेरमा शतक प्रहार गर्ने खेलाडीको रुपमा कीर्तिमान बनाएका छन् । यसअघि यो रेकर्ड पाकिस्तानका जहुर इलाहीको नाममा थियो ।

बैभवले यसबाहेक भारतीय क्रिकेटमा प्राप्त द्रुत शतकको रेकर्ड पनि तोडेका छन् । भारतमा सबैभन्दा छिटो शतक ३५ बलमा शतक बनाएर अनमोलप्रीत सिंहले नाम राखेका थिए । युसुफ पठानले ४० र अभिषेक शर्माले ४२ बलमा शतक हिर्काएका छन् । वैभवले ३६ बलमै शतक प्रहार गरेर नयाँ सफलता प्राप्त गरेका हुन् ।

उक्त खेलमा वैभवले ८४ बलको सामना गर्दै १९० रन हेर्काए । उनले १६ चौका र १५ छक्का प्रहार गरे ।

प्रकाशित मिति : १० पुस २०८२, बिहीबार  ७ : ३३ बजे

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा