क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु « Khabarhub

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु


१० पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले निमेशको निधनप्रति दुःख व्यक्त गर्दै कोशी प्रदेशले कुशल र प्रतिभाशाली क्रिकेट खेलाडी गुमाएको उल्लेख गरेका छन् ।

सचिव खड्काले यो खबरले स्तब्ध पारेको उल्लेख गर्दै थापाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै उनले परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।

‘अत्यन्तै दुःखद खबर प्राप्त भएको छ।कोशी प्रदेशका कुशल तथा अत्यन्त प्रतिभाशाली क्रिकेट खेलाडी भाइ मिनेश थापाको दुर्घटनामा परी असामयिक निधन भएको खबरले हामी सबैलाई गहिरो शोक र स्तब्धतामा पारेको छ’, सचिव खड्काले फेसबुकमा लेखेका छन्, ‘उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं। ईश्वरले दिवंगत आत्मालाई चिरशान्ति प्रदान गरून् तथा परिवारजनलाई यो अपार दुःख सहन सक्ने शक्ति प्रदान गरून् भन्ने कामना गर्दछौं।’

प्रकाशित मिति : १० पुस २०८२, बिहीबार  ९ : १२ बजे

चुनावी समीक्षा र पार्टी पुनर्गठन अभियानमा एमाले, ओलीले भने, ‘कामको प्रचारमा चुक्दा सबैभन्दा ठूलो धक्का खायौँ’

काठमाडौं- फागुन २१ को निर्वाचनबाट प्रत्यक्षतर्फ ९ सिटमा खुम्चिएको नेकपा

 प्रदेश बजेट : सुदूरपश्चिमले अझै सच्याउँदैछ, के छन् ६ प्रदेशको बजेटमा नयाँ विशेषता ?

काठमाडौं– असार १ गते साँझसम्म ६ वटा प्रदेश र मध्यरातसम्म

विनियोजन विधेयकमाथि छलफल जारी : खर्च कटौतीका प्रस्ताव प्रस्तुत

काठमाडौं– प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ को विभिन्न शीर्षकमाथिको छलफल जारी

सडक सुरक्षा सुधारमा सरकार गम्भीर हुनुपर्छ : सभापति गजुरेल

काठमाडौं– सङ्घीय संसद्, प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिमा सडक सुरक्षा, यातायात

सिंहदरबार ग्यालरी बैठक भवनको रेट्रोफिटिङको भौतिक प्रगति ३९ प्रतिशत

काठमाडौं– सिंहदरबारस्थीत ग्यालरी बैठक भवनको रेट्रोफिटिङको भौतिक प्रगति ३९ प्रतिशत पुगेको छ