महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै « Khabarhub

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै


१० पुस २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको छ । विश्व बैङ्कको सहयोगमा प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम (पिएलआरआइपी) कार्यक्रमअन्तर्गत सो सडक स्तरोन्नति गरिने भएको हो ।

सो कार्यका लागि कर्णाली प्रदेश सरकार भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, प्रदेश तथा स्थानीय सडक सुधार कार्यक्रम (पिएलआरइपी) अन्तर्गतको प्रदेशीय परियोजना व्यवस्थापन इकाइ (पिपीएमयु) वीरेन्द्रनगर, सुर्खेतले गत सोमबार बोलपत्र आह्वान गरेको छ । 

कर्णाली राजमार्गअन्तर्गत कालीकोटको खाँडाचक्र नगरपालिका–८ को सेराबाडादेखि महावै गाउँपालिकाको मुकाम पान्तडीसम्मको छ किलोमिटर सडक स्तरोन्नतिको ठेक्का प्रक्रिया अगाडि बढेको गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले जानकारी दिए । 

महावै गाउँपालिका राष्ट्रिय सडक सञ्जालमा जोड्नका लागि दैलेखको महावु गाउँपालिकाबाट पनि सडक निर्माण भइरहेको अध्यक्ष सिंहले बताए। 

प्रकाशित मिति : १० पुस २०८२, बिहिबार  २ : ०८ बजे

नेपालको आँखा स्वास्थ्य सेवा : मानवीय सेवासहित विदेशी मुद्रा आर्जनको नयाँ आधार

काठमाडौं– आँखा स्वास्थ्य क्षेत्रमा नेपालले पछिल्लो समय हाँसिल गरेको उपलब्धि

ग्रेस इन्टरनेशनलले सिड्नीमा ‘एजुकेसन एन्ड माइग्रेसन एक्स्पो’ आयोजना गर्ने

काठमाडौं – ग्रेस इन्टरनेशनलले आफ्नो स्थापनाको २० वर्ष पूरा भएको

दरवाङमा सडक कालोपत्र

म्याग्दी – म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा सडक पुगेको करिब दुई

दूध, दही र घिउसमेत त्याग्ने जीवनशैली ! के हो भेगन ?

हाम्रो समाजमा शाकाहारी र मांसाहारीबारे धेरैलाई थाहा छ। कसैले मासु

तीन दिनको माैसम पूर्वानुमान : कस्तो होला दसैँको माैसम ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन