रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर « Khabarhub

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर


१० पुस २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


474
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहसँगको भेटस्थलबाट बाहिरिएका छन्।

एक नेताले जानकारी दिएअनुसार अब रविसहित केही नेताहरू छलफलमा बस्नेछन् । बालेनले एउटै चुनाव चिह्न लौरो लिएर निर्वाचनमा जाने प्रस्ताव यो भेटमा गरेका छन् ।

रविले यसबारे पार्टी नेताहरूसँग छलफल गरेर निर्णय दिने बताए । ‘पुन: छलफल गरेर बैठक बस्ने भएको छ। केही नेता जुटेर छलफल गर्दैछौं । नयाँ शक्तिसँगको संवाद सकारात्मक भएको छ । एउटै पार्टी बनेर जाने सम्भावना पनि छ । मोर्चाको सम्भावना छ’, ती नेताले भने, ‘देशकै चौथो शक्ति लचिलो भएर जान सकिँदैन । वैकल्पिक शक्ति एक बनाएर जान अभिभावकका रुपमा सोच्नुपर्ने बेला आएको छ ।’

शिशिर पुगे बालेन भेट्न

लामिछाने बाहिरिनेबित्तिकै नेता शिशिर खनाल बालेनलाई भेट्न ज्वागल पुगेका हुन् ।

रविपछि थप छलफल गर्न शिशिर अहिले बालेनका सहयोगी कुमार बेनको घरमा पुगेका हुन् । बालेन्द्र र रवि दुवै पक्षका नेताहरूका अनुसार छलफल सकारात्मक भइरहेको छ।

प्रकाशित मिति : १० पुस २०८२, बिहिबार  ४ : १९ बजे

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ह्यारी केनलाई विराट कोहलीको बधाई

काठमाडौं – इङ्ल्यान्डका फुटबल खेलाडी ह्यारी केनले विश्वकै उत्कृष्ट फुटबल

कर्णालीले गुमायो सातौँ विकेट, कप्तान कामी आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली