महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा « Khabarhub

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा


१० पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले आज नेपाल क्रिकेट संघ (क्यान)लाई औपचारिक रूपमा आफ्नो राजीनामा पत्र बुझाएका छन्।

कटुवालले राजीनामा पत्रमा नेपाली महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकको रुपमा काम गर्न पाउनु आफूलाई “ठुलो सम्मान र सौभाग्य” को अनुभूति भएको उल्लेख गरेका छन्।

उनले आफ्नो कार्यकाललाई व्यावसायिक यात्राका सबैभन्दा अर्थपूर्ण अध्यायहरूमध्ये एक भन्दै टोली, प्रशिक्षक सहयोगी कर्मचारी, खेलाडी र सबै सरोकारवालालाई सहयोग र समर्थनका लागि धन्यवाद दिएका छन्।

उनले आफ्नो कार्यकालमा अनुशासन, मानसिक सुदृढीकरण र महिला क्रिकेटको दीर्घकालीन विकासतर्फ योगदान पुर्‍याएको विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति : १० पुस २०८२, बिहीबार  ९ : ०२ बजे

चैत ३० देखि वैशाख ७ गतेसम्म ‘शून्य बाँकी फाइल अभियान’ मनाइँदै

काठमाडौँ– सरकारले ‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३० गतेदेखि

हलेसी तुवाचुङले पायो ‘म्युनिसिपल एक्सिलेन्ट अवार्ड’

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिका ‘म्युनिसिपल एक्सिलेन्ट अवार्ड’बाट सम्मानित भएको

खनिजजन्य उद्योगबाट उठ्यो दुई अर्ब १४ करोड राजस्व

काठमाडौँ– खनिजजन्य उद्योगबाट दुई अर्ब १४ करोड राजस्व असुली भएको

सवारी नियम उल्लंघन गर्ने १७ सय बढी चालक कारबाहीमा

काठमाडौँ– बितेका चौबिस घण्टामा सवारी नियम पालना नगर्ने एक हजार

वैदेशिक रोजगारीको प्रलोभनमा करिब ९२ लाख रुपैयाँ ठगी गर्ने पक्राउ

काठमाडौँ– वैदेशिक रोजगारीमा आकर्षक तलब सुविधा दिलाइदिने प्रलोभनमा पारेर ९१