चीनका कार्यवाहक राजदूत आएसँगै काठमाडौंमा विशेष कार्यक्रम « Khabarhub

चीनका कार्यवाहक राजदूत आएसँगै काठमाडौंमा विशेष कार्यक्रम


१२ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा हुँदै गरेको अवसरमा शनिबार काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरिएको छ।

याक एण्ड यती होटलमा भएको कार्यक्रममा दुई देशबीच सात दशकयताका सुमधुर सम्बन्धका महत्वपूर्ण क्षण स्मरण गरिएको छ।

वि.सं. २०१२ साउन १९ गते (सन् १९५५ अगस्ट ३) तारिखमा दुई देशबीच औपचारिक कूटनीतिक सम्बन्ध स्थापित भएको थियो । यही कूटनीतिक सम्बन्धले सात दशक पार गर्न लाग्दा चिनियाँ दूतावासले विशेष समारोह आयोजना गरेको हो।

तत्कालीन राजदूत छन सोङ कार्यकाल सकेर फिर्ता भएसँगै जिम्मेवारी सम्हाल्न आएका कार्यवाहक राजदूत (चार्ज डे अफेयर्स) चौ पानको निमन्त्रणामा यो कार्यक्रम भएको हो ।

कार्यक्रममा उपसभामुख इन्दिरा राना मगर, संघीय सरकारका मन्त्रीहरू, संवैधानिक अङ्गका पदाधिकारी र उच्च सरकारी अधिकारी सहभागी छन्।

त्यसैगरी कूटनीतिक नियोगका प्रतिनिधि, सुरक्षा प्रमुख, नागरिक समाजका सदस्य, संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी र नेपालमा कार्यरत चिनियाँ नागरिकहरू पनि सहभागी थिए ।

दुई देशको सम्बन्ध ७० वर्ष पूरा भएको अवसरमा नेपाल-चाइना मिडिया फोरमले साढे तीन सय पृष्ठको पुस्तक प्रकाशन गरेको छ ।

यस पुस्तकमा नेपाल–चीन सम्बन्धका विविध आयामबारे चर्चा गरिएको छ । अहिले काठमाडौंमा चिनियाँ दूतावासको सहयोगमा नेपाली पर्यटन व्यवसायी र सञ्चारकर्मीलाई चिनियाँ भाषा तालिम पनि चलिरहेको छ।

हिमालय क्षेत्रको सांस्कृतिक तथा सिर्जनात्मक उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यले ‘विश्व अमूर्त सांस्कृतिक धरोहर’ प्रदर्शनी र सिजाङ सांस्कृतिक सप्ताह भइसकेको छ।

दुई देशको सम्बन्धले ७० वर्ष छोएको अवसरमा पूरै वर्षभर सांस्कृतिक कार्यक्रम, खेलकुद गतिविधि र कूटनीतिक स्वागत समारोह कार्यक्रम भइरहेका छन्।

प्रकाशित मिति : १२ पुस २०८२, शनिबार  ७ : २४ बजे

विष्णु पौडेललाई साधारण तारेखमा छाड्दा विशेष अदालतले लिएका चार आधार

काठमाडौं – विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले)का उपाध्यक्ष

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन