खानासम्बन्धी हाम्रो समाजमा व्याप्त यी १० भ्रमको पछि नलागौँ « Khabarhub

खानासम्बन्धी हाम्रो समाजमा व्याप्त यी १० भ्रमको पछि नलागौँ



काठमाडौं– पछिल्लो समय सामाजिक सञ्जालमा भ्युज बढाउन राखिने आकर्षक तर भ्रामक शीर्षकका कारण सर्वसाधारणको खानपानमा धेरै भ्रम सिर्जना भएको छ । जस्तै  ‘दूध चिया विष हो’, ‘कागती पानीले बोसो पगाल्छ’ वा ‘रक्सीले मुटुलाई फाइदा गर्छ’ जस्ता हल्लाको पछि लाग्दा धेरैले आफ्नो स्वास्थ्यलाई धरापमा पारीरहेका छन् । 

अहिले हाम्रो समाजमा व्याप्त खानासम्बन्धी १० वटा प्रमुख भ्रमहरूको वैज्ञानिक चिरफार मैले यहाँ गर्न खोजेको छु । 

१. दूध चिया विष होइन

दूध चियालाई ‘विष’ भन्नु गलत हो। चिया पत्तिमा हुने एन्टीअक्सिडेन्ट मुटुका लागि राम्रो हुन्छ । दूध र चिनी मिसाउँदा त्यसको पूर्ण फाइदा नपाइने भए पनि यसले शरीरमा विषकै काम गर्छ भन्ने कुरामा सत्यता छैन । 

ग्यास्ट्रिकको समस्या भएकाहरूले खाली पेटमा दूध चिया खान हुँदैन र खानै परे पनि चिनी कम गर्नुपर्छ ।  

२.अनारले प्रेसर बढाउँदैन, घटाउँछ

धेरैलाई अनारले ब्लड प्रेसर बढाउँछ भन्ने भ्रम छ यो एकदमै गलत हो । किनभने अनारमा हुने तत्त्वले रक्तचाप बढाउने इन्जाइमलाई रोक्छ, जसले गर्दा उल्टै ब्लड प्रेसर नियन्त्रणमा आउँछ । यो मुटु रोगीका लागि लाभदायक फल हो ।

३.रेड वाइन र महँगो रक्सीले फाइदा गर्दैन

रेड वाइनले मुटुलाई फाइदा गर्छ भन्ने भनाइ पिउने बहाना मात्रै हो ।  रक्सीले मुटुको चाल बिगार्ने, प्रेसर बढाउने र खराब कोलेस्ट्रोल बढाउने काम गर्छ । अंगुरमा पाइने फाइदाजनक तत्त्व अङ्गुर वा अन्य फलफूल खाएरै पाइन्छ, त्यसका लागि रक्सी नै पिउनु पर्दैन । साथै, ‘ब्रान्डेड रक्सीले हानि गर्दैन’ भन्नु पनि मूर्खता हो । 

४.कागती पानीले नसाको बोसो पगाल्दैन

बिहान कागती पानी वा विभिन्न जुस खाएर रगतको नसामा जमेको बोसो वा ब्लकेज पगाल्छ भन्नु सरासर गलत हो । वर्षौँदेखि जमेको बोसो सामान्य झोल पदार्थले सफा हुँदैन । यसका लागि जीवनशैली सुधार र औषधि नै आवश्यक पर्छ ।

५.ड्राइ फ्रुट्सले राम्रो कोलेस्ट्रोल बढाउँछ

काजु, पेस्ता, बदाम जस्ता ड्राइ फ्रुट्सले खराब बोसो बढाउँदैन । यसमा वनस्पतिबाट पाइने राम्रो फ्याट हुने हुँदा यसले शरीरलाई फाइदाजनक ‘गुड कोलेस्ट्रोल’ बढाउन मद्दत गर्छ ।

६. डढेको मासु सेकुवा र क्यान्सर 

धेरै आगोमा पोलेको वा डढेको खानेकुरामा हानिकारक रसायन उत्पादन हुन्छ, जुन जनावरमा गरिएको परीक्षणमा क्यान्सरसँग जोडिएको छ । मानिसमा यसको प्रभाव पूर्ण पुष्टि नभए पनि धेरै डढेको, धेरै पटक तारेको वा अत्यधिक हिटमा पकाएको खानेकुरा जस्तै आलु चिप्स, फ्राइज कम खानु नै बुद्धिमानी हुन्छ ।

७.मधुमेहमा आलु वर्जित छैन

मधुमेह (सुगर) का बिरामीले आलु खानै नहुने भन्ने होइन । आलुलाई नतारी वा फ्राइ नगरी उसिनेर थोरै मात्रामा खाँदा खासै असर गर्दैन ।

८. खानापछि गुलियो खाने बानी गलत

भोजभतेरमा पेटभरि खाना खाएपछि अन्तिममा गुलियो (मिठाई, आइसक्रिम) खाने चलन स्वास्थ्यका लागि हानिकारक छ । यसको सट्टा ल्वाङ, सुकमेल वा ज्वानो खानु पाचनका लागि राम्रो हुन्छ ।

९.माछा खाँदा सचेत बनौँ

माछा मुटुका लागि राम्रो भए पनि आजकल पाइने माछामा विषादीको प्रयोग र डिप फ्राइ गरेर खाने बानीले यसलाई अस्वस्थकर बनाएको छ। तेलमा धेरै तारेको माछाले फाइदा भन्दा हानि बढी गर्छ ।

१०. ‘सेतो खाना खानुहुन्न’ भन्ने नियम पूर्ण सत्य होइन

चिनी र मैदाजस्ता सेतो खानेकुरा नराम्रो भए पनि सबै सेतो खाना (जस्तै दही) नराम्रो हुँदैन । त्यसैले रङ्गका आधारमा खानेकुरा बार्नु वैज्ञानिक छैन ।

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार  १२ : ३३ बजे

वीरगञ्जको सीमा नाकाबाट १६३ जना किशोरीको उद्धार

वीरगञ्ज– वीरगञ्ज नाकाबाट जोखिमपूर्ण अवस्थामा रहेका एक सय ६३ जना महिला

चितवन महोत्सव : हात्तीलाई १५ परिकारको भोज खुवाएर सम्पन्न (तस्बिरहरू)

काठमाडौं– चितवनको पर्यटकीय नगरी सौराहामा जारी १९औँ चितवन हात्ती तथा

बागमती प्रदेशमा राष्ट्रियसभा निर्वाचनको तयारी तीव्र

बागमती– निर्वाचन आयोगले आगामी माघ ११ गते हुने भनिएको राष्ट्रियसभा

अक्षय खन्नाले ‘दृश्यम ३’ छोडेपछि निर्माता मंगलतले जारी गरे कानुनी नोटिस

काठमाडौं– बलिउड फिल्म धुरन्धरको अपार सफलतापछि अभिनेता अक्षय खन्नाले अचानक

साढे ८ महिनामा आगलागीका घटनामा ५२ जनाको मृत्यु

काठमाडौं– चालु आर्थिक वर्षको वैशाख १ गतेदेखि पुस १३ गतेसम्म