गाउँमा विशेषज्ञसहितको स्वास्थ्य शिविर « Khabarhub

गाउँमा विशेषज्ञसहितको स्वास्थ्य शिविर


१३ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

तम्घास– धुर्कोट गाउँपालिका–४ जैसीथोकमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट ४०० जना लाभान्वित भएका छन् । जैसीथोक सामुदायिक सिकाइ केन्द्रको आयोजना, बुटवल अस्पताल प्रालिको सहयोग एवं धुर्कोट गाउँपालिका–४ कार्यालयको समन्वयमा शनिबार बृहत् निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको थियो । 

शिविरमा सर्जन, हाडजोर्नी, जनरल फिजिसियन, बालरोग, महिला तथा प्रसूतिलगायत रोगको उपचार गरिएको थियो । शिविरबाट गरिब, विपन्न एवं कमजोर आर्थिक अवस्था भएका नागरिक सबैभन्दा बढी लाभान्वित भएका छन् । 

त्यसैगरी, गाउँमै विशेषज्ञसहितको सेवा पाउँदा नागरिकलाई समय र पैसाको बचत भएको छ । ‘सुगर र थाइराइड भएर आएको, औषधि लिएर फर्के’, जैसीथोकका चुरामणि घिमिरेले भने, ‘बुटवलका चिकित्सक गाउँमै आएर सेवा दिँदा खुसी छौँ ।’ उनले आफूसहित श्रीमतीलाई शिविरमा लगेर उपचार गराएको बताए । 

जैसीथोक सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष राजन पोखरेलले दुर्गम भेगका नागरिकलाई विशेषज्ञ सेवा दिने उदेश्यले शिविरको आयोजना गरिएको बताए  । उनले आर्थिक अभावकै कारण रोग लुकाउन बाध्य भएका नागरिकले शिविरबाट फाइदा लिएको बताए । शिविरबाट दमको पहिचान भएका एक जनालाई थप उपचारका लागि बुटवल पठाइएको छ ।

शिविरमा जनरल सर्जन कृष्णप्रसाद खनाल, पेट, छाती तथा मुटुरोग विशेषज्ञ डा सागर पौडेल, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा बिन्दु पोखरेल, हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा उत्सव रेग्मी र बालरोग विशेषज्ञ डा प्रदीप शर्मालगायतको टिमले सेवा दिएको थियो । रासस

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार  ३ : ३५ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने