जेनजी आन्दोलनपछि निर्वतमान गृहमन्त्री लेखक पत्रकार सम्मेलन गर्दै « Khabarhub

जेनजी आन्दोलनपछि निर्वतमान गृहमन्त्री लेखक पत्रकार सम्मेलन गर्दै


१४ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाण्डौं – गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका बेला पदबाट राजीनामा दिएका निर्वतमान गृहमन्त्री रमेश लेखकले सोमबार दिउँसो पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।

नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य समेत रहेका निर्वतमान गृहमन्त्री लेखकले जेनजी आन्दोलनको विषयमा आफ्नो धारणा सार्वजनिक गर्न कांग्रेस संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन राखिएको छ ।

जेनजी आन्दोलनका क्रममा गत भदौ २३ गते जनधनको क्षति भएपछि उनले सोही दिन नैतिकता प्रर्दशन गर्दै साँझ नै राजीनामा दिएका थिए । त्यसपछि भदौ २४ गते काठमाडौं लगायत मुलुकका ठुला शहरमा सार्वजनिक तथा नीजि सम्पतीमा तोडफोड र आगजनी भएको थियो ।

“आज नेता लेखकले घटनाका विषयमा जानकारी गराउन जाँचबुझ आयोगमा जाने कार्यक्रम छ,” लेखकका स्वकीय सचिव जनक भट्टले भने, “त्यसपछि लगत्तै संसदीय दलको कार्यालयबाट विस्तृत सार्वजनिक गर्नुहुनेछ ।”

लेखकले केही दिनअघि मात्रै सञ्चार माध्यममार्फत् आफू आयोगमा घटनाबारे जानकारी गराउन जाने बताएका थिए । जेनजी आन्दोलनपछि पार्टी महाधिवेशनको विषयमा भइरहेको कांग्रेसको आन्तरिक छलफलमा मध्यमार्गी भूमिका निभाउँदै आएका लेखकले आयोगमा घटनाबारे जानकारी गराउने जाने सुरुवातबाटै मनसाय व्यक्त गर्दै आएका थिए ।

जेनजी आन्दोलनमा भएको घुसपैठका कारण नेता लेखकको काठमाडौं र कञ्चनपुरको महेन्द्रनगरमा गरी तीन वटा निजी घरमा आगजनी गरेर ध्वस्त पारिएको थियो

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  ९ : ५९ बजे

साजिद खान छायांकनका क्रममा घाइते भएपछि…

काठमाडौँ- बलिउड फिल्म निर्माता तथा निर्देशक साजिद खान मुम्बईमा छायांकनका

जनता समाजवादी पार्टी र जसपा नेपालबीच एकीकरण 

काठमाडौं– जनता समाजवादी पार्टी, नेपाल र जनता समाजवादी पार्टीबीच एकीकरण भएको

रसुवागढी नाका अंग्रेजी नयाँवर्षदेखि पूर्णरुपमा खुल्ने

नेपाल– चीन सिमामा पर्ने लेहेन्दे खोलामा आएको बाढीका कारण ठप्प

वर्षाले क्षतिग्रस्त इलामका सडक मर्मत–पुनर्निर्माणका लागि २ अर्ब १९ करोड स्रोत सहमति

काठमाडौं–  गत १८ र १९ असोजको भारी वर्षाका कारण क्षति पुगेका

नेपाल प्रहरीद्वारा मङ्सिरमा ४० करोड राजस्व संकलन

काठमाडौं– नेपाल प्रहरीले चालू आर्थिक वर्ष २०८२-८३ को मङ्सिर महिनामा