माग्दे गाउँपालिकाले कृषकलाई प्रोत्साहन गर्न दूधमा १० अनुदान दिने  « Khabarhub

माग्दे गाउँपालिकाले कृषकलाई प्रोत्साहन गर्न दूधमा १० अनुदान दिने 


१४ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

दमौली– माग्दे गाउँपालिकाले दुग्ध उत्पादनमा संलग्न किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रति लिटर दूधमा रु १० अनुदान उपलब्ध गराउने निर्णय गरेको छ । गाउँपालिकाले दुग्ध व्यवसायलाई व्यवस्थित, व्यावसायिक र दिगो बनाउने लक्ष्यसहित उक्त कार्यक्रम अघि सारेको जनाएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीका अनुसार स्थानीय दुग्ध उत्पादक किसानको उत्पादन लागत बढ्दै गएको र बजार मूल्य अपेक्षाअनुसार नबढेकाले किसान समस्यामा परेको अवस्थालाई मध्यनजर गर्दै अनुदान कार्यक्रम ल्याइएको हो । 

यस कार्यक्रमले किसानको आम्दानी वृद्धि गर्न, दुग्ध उत्पादनलाई निरन्तरता दिन र स्थानीयस्तरमै रोजगारी सिर्जना गर्न सहयोग पुग्ने अपेक्षा गरिएको अधिकारीले बताए ।

गाउँपालिकाले अनुदान प्राप्त गर्न चाहने दुग्ध उत्पादक समूह वा सहकारीलाई निवेदन दिन आग्रह गरेको छ । अधिकारीका अनुसार निवेदनसँगै गत साउन १ गतेदेखि कात्तिक मसान्तसम्म सङ्कलन र बिक्री भएको दूधको प्रमाणित अभिलेख, सहकारी वा समूह दर्ताको प्रमाणपत्र संलग्न गर्न अनुरोध गरिएको छ ।

गाउँपालिकाले दुग्ध उत्पादन क्षेत्रलाई प्राथमिकतामा राख्दै यसअघि पशुपालन प्रवर्द्धन, उन्नत जातका गाईभैँसी वितरण, पशु स्वास्थ्य सेवा तथा तालिम कार्यक्रम सञ्चालन गर्दै आएको अधिकारीले बताए । 

अनुदान कार्यक्रमले स्थानीय किसानलाई व्यवसायप्रति थप आकर्षित गर्ने र दुग्ध क्षेत्रमा लगानी बढाउने विश्वास व्यक्त गरिएको छ ।

स्थानीय दुग्ध उत्पादक किसानले गाउँपालिकाको यो निर्णयलाई सकारात्मक रूपमा लिँदै यसले उत्पादन लागतको केही भार कम गर्ने र व्यवसाय टिकाइराख्न सहयोग पुग्ने भन्दै खुसी भएका छन् । रासस

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  १२ : १० बजे

नेपालमै बन्यो विद्युतीय स्कुटर ‘यात्री पीटू’ : विश्व बजारमा प्रतिस्पर्धा गर्न अर्थमन्त्रीको सुझाव

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै बनेका विद्युतीय सवारीको

जाजरकोट पहिरो: १० घाइते, तीन जना बेपत्ता

जाजरकोट – अविरल वर्षापछि आएको पहिरोले घर तथा टहरा भत्किँदा

निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्नेमा जोड

काठमाडौँ– मुलुकमा उत्पादित बिजुलीको बजार विस्तार गर्न निजी क्षेत्रलाई यसमा

महिलालाई आत्मनिर्भर बनाउन बङ्गुरपालनमा अनुदान

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाका महिला व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित भएका पाइएको

 बाढीपहिरोले देशका विभिन्न सडक अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका गएको बाढीपहिरोले विभिन्न