ट्रमा सेन्टरको प्रमुख मेसुमा डा. मरासिनी नियुक्त  « Khabarhub

ट्रमा सेन्टरको प्रमुख मेसुमा डा. मरासिनी नियुक्त 


१४ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय ट्रमा सेन्टरको प्रमुख मेडिक सुपरिटेण्डेण्टमा डा. रुद्र मरासिनी नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गैतमले आइतबार मन्त्रीस्तरिय निर्णय गर्दै ११ औँ तहका डा. मरासिनीलाई नियुक्त गरेकी हुन् । 

यसअघि प्रमुख मेसु रहेका डा.बद्रि रिजाल नेपाल चिकित्सक संघको आगामी निर्वाचनमा उम्मेदवार बनेपछि पदबाट अलग भएका थिए । 

त्यसपछि डा.मरासिनीले निमित्त प्रमुखका रूपमा जिम्मेवारी सम्हाल्दै आएका थिए । निमित्त नेतृत्वकै क्रममा अस्पतालको व्यवस्थापन र सेवा सञ्चालनमा निरन्तरता कायम राख्न सफल भएका मरासिनीलाई औपचारिक रूपमा जिम्मेवारी दिइएको मन्त्रालयले बताएको छ । 

उक्त निर्णयलगत्तै उनले आइतबारदेखि नै ट्रमा सेन्टर पुगेर कार्यभार सम्हालेका छन् ।

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  १२ : ११ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने