मन्त्री अधिकारीसहित सातै जनाको शव परीक्षणको काम सकियो « Khabarhub

मन्त्री अधिकारीसहित सातै जनाको शव परीक्षणको काम सकियो


१६ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको शव परिक्षण सकिएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।

त्रिवि शिक्षण अस्पतालको फरेन्सिक मेडिसीन विभागमा सबै शवको पोष्टमार्टम आज ( विहीवार) दिउँसो २ बजेदेखि शुरु गरिएको थियो । पोष्टमार्टम शुरु भएको ८ घण्टापछि सबै शवको परीक्षण सकिएको विभाका प्रमुख डाक्टर रिजेन श्रेष्ठले खबरहबलाई बताए ।

शव परीक्षणको काम सकिए पनि पहिचान गर्न भने बाँकी रहेको डा श्रेष्ठको भनाइ छ ।
‘सबै शवहरुको परीक्षण  काम सकियो, अब शव पहिचानको काम बाँकी रहेकोछ,’ डा श्रेष्ठले खबरहबसँग भने, ‘ हामीले शव पहिचानको काम पनि गर्दैछौं ।’

हेलिकोप्टर दुर्घटनामा परेका मन्त्री अधिकारी सहितको शव पहिचान गर्न समस्या भएपछि अस्पतालले मृतकका आफन्तहरुको नमूना संकलन गरीसकेको छ । अस्पतालले आफन्तको नमूनाको आधारमा शव पहिचान गर्दैछ ।

सबै शवको परीक्षणहरु मिले राती १ बजेसम्ममा पोष्टमार्टमको सम्पूर्ण काम पुरा हुने चिकित्सकले बताएका छन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहीबार  ११ : २० बजे

विपन्नका लागि छुट्यइएका हजारौँ बेड खाली, किन पुग्दैनन् बिरामी ?

काठमाडाैँ- नेपालको संविधानले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आजको मौसम : कोशी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिफा विश्वकप : क्यानडा र बोस्निया हर्जगोभिनाले खेले बराबरी

काठमाडौँ– फिफा विश्वकप २०२६ को सहआयोजक क्यानडाले आफ्नो पहिलो खेलमा

आज २०८३ साल जेठ ३० गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल जेठ ३० गते शनिबार अधिक जेठ